arrow

सैनिक कारबाहीमा चार विद्रोही मारिए

logo
सिन्ह्वा,
प्रकाशित २०७९ फागुन १८ बिहिबार
philippines-fish-band-china-ship.jpg

मनिला । मध्य फिलिपिन्समा राष्ट्रिय सेनाले गरेको कारबाहीमा चार जना संदिग्ध विद्रोही मारिएका छन् । नेग्रोस ओक्सीडेन्टल प्रान्तको एक शहरको बाहिरी भागमा बुधबार गरिएको कारबाहीमा उनीहरू मारिएका सैनिक प्रवक्ताले आज बताएका हुन् ।

कर्णेल जोरी बाक्लोरका अनुसार सेनाले  ग्रेनेड लन्चर, एक ४७ राइफललगायत विभिन्न हातहतियार पनि बरामद गरेको छ । मारिएकाहरू न्यू पिपल्स आर्मी (एनपीए) का सदस्य भएको आशङ्का गरिएको छ ।

सन् १९६९ देखि एनपीए विद्रोहीहरू सरकारविरुद्ध सङ्घर्ष गर्दै आएका छन् । उक्त समूहले ग्रामीण क्षेत्रमा आक्रमण केन्द्रित गर्दै आएको छ ।

सन् १९८० मा निकै शक्तिशाली विद्रोही शक्तिका रुपमा स्थापित एनपीएमा अहिले दुई हजारको हाराहारीमा सदस्य रहेका  सैन्य तथ्याङ्कले देखाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ