arrow

किराना पसलमा आगलागी हुँदा १० लाखको क्षति

logo
प्रकाशित २०७३ असोज १० सोमबार
hamrakura-logo.jpeg
राजविराज । सप्तरी बोदेवर्षायन गाविस–७ स्थित एक किराना पसलमा आइतबारराति करिब १२ बजे आगलागी हुँदा रु १० लाख मूल्य बराबरको क्षति भएको छ । 
 
स्थानीय रामगुलाम साहको किराना पसलमा अचानक विद्युत् सर्ट हुँदा आगलागी भइ सो मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
 
आगलागीबाट किराना पसलमा रहेका सरसामानसहित नगद जिन्सी गरी रु १० लाख मूल्य बराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।
 
आगोलाई प्रहरी र स्थानीयवासीले नियन्त्रणमा लिएका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ