एजेन्सी। अमेरिकाको विश्वप्रख्यात गल्फ खेलाडि आर्नोल्ड पाल्मरको ८७ वर्षको उमेरमा निधन भएको छ । पाल्मरको पिट्बर्गस्थित युपिएमसी प्रेसबिटेरियन अस्पतालमा उपचारको क्रममा निधन भएको त्यहाँको स्थानीय संचार माध्यले जनाएको छ ।
गल्फमा लामो जिवन बिताएका पाल्मरले ९० भन्दा बढी विश्वव्यापी प्रतियोगिता जितेका छन् । जसमा ७ वटा मुख्य उपाधि छन् ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले टुइटरमा पाल्मरसँग खिँचेको फोटो टुइट गर्दे पाल्मरको प्रशंसा गरेका छन् । साथै ओबामाले पाल्मरलाई सम्झनाको लागि धन्यवाद दिएका छन् ।
अमेरिकी गल्फ एसोसियसनले पनि पाल्मरको मृत्यु भएको पुष्टि गर्दे टुइटरमा पाल्मर गल्फको महान दुत रहेको जनाएको छ ।
पाल्मरको मृत्युपछि उनले गल्फ पुर्याएको योगदानको चर्चा भएको छ । धेरैले पाल्मरले गल्फमा पुर्याएको योगदानलाई भुल्न नहुने बताएका छन् ।
पाल्मरको जन्म सन् १९२९ मा पेन्सिलभ्यानियास्थित लट्रोवमा भएको थियो ।