arrow

' नेपालको विषयमा काँग्रेस आईलाई पनि भुमिका चाहियो '

logo
प्रकाशित २०७२ मंसिर २२ मंगलबार
Indian_National_Congress.jpg.jpeg
काठमाडौ। भारतीय काग्रेस आईका बरिष्ठ नेता अभिषेक मनु सिंघवीले नेपालको समस्या समाधानकोलागि चौपक्षीय बार्ताको आवश्यकता रहेकोमा जोड दिदै प्रमुख प्रतिपषी दल काँग्रेस आईको भुमिका आवश्यक भएको जनाएका छन ।
 
नयाँ दिल्ली नीतिबागमा रहेको आफ्नै निवासमा हाम्रा प्रतिनिधी तथा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासँगको कुराकानीमा उनले नेपाल सरकार, आन्दोलनरत मधेसी मोर्चा, भारत सरकार र काग्रेस आई गरी चौपक्षीय छलफल हुनु पर्ने र त्यस्तो छलफल नेपाल वा भारत कहाँ हुने भन्ने विषयमा टुङगो छिटो लाग्नु पर्ने बताएका हुन।
 
नेपालको आन्तरिक समस्यामा भारतीय सरकार मात्र हैन अब भारतका राजनीतिक दलहरु नेपालका राजनीतिक दलहरु झै समस्या समाधानमा आफ्नो भुमिका खोज्न थालेको सिंघवीको अभिव्यक्तिमा झल्कन्छ। 
 
सत्तारुढ भारतीय जनता पार्टीको नेपाल नीति असफल भएको भन्दै सिंघवीले यसको तत्काल पूनरावलोकनको आवश्यकता रहेको धारणा राखे। उनले नेपालमा मानवीय संकट उत्पन्न हुन लागेकोतर्फ ध्यान आर्कषित गर्दै नेपालमा मानवीय संकट उत्पन्न हुन दिन नहुनेतर्फ भारत सरकारको ध्यान आर्कषित गराए।
 
सिंघवीले नेपालमा प्रदेशको सीमांकन कसरी गर्ने कहाँसम्म गर्ने भन्ने कुरा नेपालका दलहरुको भएकोले त्यसमा भारतले कुनै धारणा राख्न नहुने भन्दै मधेसी मोर्चाको माग पुरा गर्ने गरी सहजीकरण गर्नु पर्ने बताए। उनले नेपाल जस्तो नजिकको मित्रलाई अप्ठ्यारो पर्ने गरी कुनै काम गर्न नहुने भन्दै नेपाललाई दुख नदिने आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ