arrow

माओवादी केन्द्रले फेरि पनि महाधिवेशन गर्न नसक्ने, कार्तिकमा राष्ट्रिय भेला

logo
प्रकाशित २०७३ असोज १० सोमबार
maobadi-kendra-news.jpeg
काठमाडौं । माओवादी केन्द्रले पार्टीको महाधिवेशन अनिश्चित भएपछि पार्टी संगठन चुस्त बनाउन कार्तिकमा राष्ट्रिय भेला गर्ने भएको छ । 
 
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार विहान बसेको केन्द्रीय सचिवालयको बैठकले कार्तिक १० गते पार्टीको राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको हो । 
 
पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले संगठनात्मक विषयमा निर्णय लिन राष्ट्रिय भेला बोलाउने निर्णय गरेको हो । बैठकका निर्णयबारे जानकारी दिँदै प्रवक्ता पम्फा भुसालले भनिन्, ‘सचिवालयको बैठकमा पार्टी संगठनबारे गम्भीर छलफल भयो । पार्टीको आन्तरिक संगठनलाई व्यवस्थित गर्न कार्तिक १० र ११ गते राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय भएको छ ।’
 
प्रवक्ता भुसालका अनुसार ‘राष्ट्रिय भेलामा संगठनको आकारलाई व्यवस्थित र चुस्त बनाउने, स्थानीय तहको निर्वाचन लक्षित संगठनात्मक संरचना निर्माण गर्ने र स्थानीय निर्वाचनमा पार्टी सफल तुल्याउन कार्यविधि, संगठन र जिम्मेवारीबारे छलफल हुनेछ । 
 
पार्टी संगठन भद्दा भएपछि संख्या घटाउने तयारीमा रहेको माओवादी केन्द्रले फेरि पनि महाधिवेशन गर्न नसक्ने भएको छ ।
 
माओवादीका एक नेताले भने, ‘सरकारमा रहेसम्म महाधिवेशन हुन सक्दैन । त्यसैले तत्काल संगठनका समस्या र बोझ घटाउन राष्ट्रिय भेला गर्न लागिएको हो । सो राष्ट्रिय भेलाले पार्टीका संगठनको आका घटाउन सक्ने छ । र, चुस्त बनाउने विषयमै छलफल गर्ने हो ।’ सरकारबाट हटेपछिमात्रै महाधिवेशनबारे सोच्न सकिएला । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ