arrow

सरकारले भारतसँग गरेका सम्झौता विरुद्ध अनेरास्ववियु कास्कीद्वारा विरोध जुलुस

logo
प्रकाशित २०७३ असोज १० सोमबार
PNC-aandolan-against-india.jpeg
पोखरा। हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने, टीकापुर घटनाका दोषीहरुलाई उन्मुक्ति दिने, नेपाल सरकार र भारतीय दुतावासलाई समान स्तर बनाउने, विदेश मामलामा नेपाल र भारतको एउटै धारणा हुनेछ भनी प्रचण्ड सरकारले हालै भारतसँग गरेको सम्झौता खारेजीको माग सहित अनेरास्ववियु त्रिबि जिल्ला कमिटिले खबरदारी जुलुस निकालेको छ।
 
पृथ्वीनारायण क्याम्पस गेटबाट सुरु भएको जुलुस, बिन्ध्यवासिनी चोक, माथिल्लो क्याम्पस गेट हुदै पुनः पृथ्वीनारायण क्याम्पस गेट अगाडि आएर कोण सभामा परिणत भएको थियो। जुलुसमा सहभागी विद्यार्थीहरुले हाम्रो भाषा हाम्रो देश प्राण भन्दा प्यारो छ, कठपुतली सरकार मुर्दावाद, कैलाली हत्याकाण्डका दोषिलाइ कारबाही गर लेखिएका प्लेकार्ड बोक्दै नारा लगाएका थिए।
 
कोण सभालाइ सम्बोधन गर्दै अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य नरेश रोकायले वर्तमान सरकारले भारतसँग  गरेका सम्झौता राष्ट्रघाती भएको बताउदै सरकारका गलत कदम विरुद्ध अनेरास्ववियुले आन्दोलनको सुरुवात गरेको बताए। ‘यो सरकारले गरेका राष्ट्रघाती सम्झौताहरु तत्काल खारेज नभए ज्ञानेन्द्र सरकार विरुद्ध गरेजस्तै आन्दोलन मार्फत यो सरकार र यसको नेतृत्वलाई पतन गराइनेछ ’ उनले भने।
 
यस्तै अनेरास्ववियु गण्डकी संयोजक सरिता पुरीले सरकारको गलत कदम विरुद्ध सुरुवात गरिएको आन्दोलनका मागहरु सम्बोधन नहुदासम्म अझै दबाब मुलक ढंगबाट सहभागी हुन विद्यार्थीहरुलाइ अपिल गरिन्।
 
कार्यक्रमका सभापती तथा त्रिवि जिल्ला कमिटी अध्यक्ष विवेक देबकोटाले राष्ट्रघातीको विरुद्धमा सुरुवात गरिएको आन्दोलन उनीहरुको पतनसँगै सकिने उद्घोष गरे। अनेरास्ववियु पिएन क्याम्पस उपाध्यक्ष विजय पौड्यालले संचालन गरेको उक्त कार्यक्रममा सयौं विद्यार्थीहरुको सहभागीता रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ