arrow

सबैको भावना समेट्ने गरी संविधान कार्यान्वयन गर्नुपर्छ : प्रकाशमान

logo
प्रकाशित २०७३ असोज १० सोमबार
prakashman-singh.jpg.jpeg
काठमाडौँ । कांग्रेस नेता प्रकाशमान सिंहले सबै नेपाली जनताको भावना समेट्ने गरी संविधान कार्यान्वयन गर्नुपर्ने बताएका छन् । 
 
एभरेष्ट बैंकको सहयोगमा सोमबार रत्नराज्य लक्ष्मी उच्च माध्यमिक विद्यालयलाई ‘शुद्ध पिउने पानी हस्तान्तरण समारोह’मा नेता सिंहले मधेसको समस्यालाई राजनीतिक सहमति जुटाएर टुङ्ग्याउनुपर्ने बताए । सिंहले भने, ‘सत्र महिनामा सबै निर्वाचान गर्नुपर्ने भएकाले राजनीतिक सहमति आवश्यक छ ।’ 
 
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले सबैलाई समेटेर निर्वाचन गराउनेबारे सरकार गम्भीर बन्नु जरुरी रहेको उल्लेख गरे । उनले राजनीतिक सहमति भएमा छोटो समयमा समेत निर्वाचन गर्न सकिने बताउँदै यसका लागि दलहरुबीच एकताको खाँचो रहेको बताए । 
 
बैंकका अध्यक्ष विके श्रेष्ठले विद्यार्थीलाई शुद्ध पानी उपलब्ध गराउन पाएकामा खुसी जनाए । उनले यस्ता सामाजिक कामलाई बैंकले निरन्तर लागिरहने उल्लेख गरे । १० लाख लागतमा सम्पन्न भएको उक्त आयोजनाबाट विद्यालयका करिब दुई हजार विद्यार्थीले शुद्ध खानेपानी प्रयोग गर्न पाउनेछन् । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ