arrow

डा. केसी नवौं अनसन बस्ने तयारीमा, सरकार भन्छ–काम तमाम भइसकेको छ

logo
प्रकाशित २०७३ असोज १० सोमबार
govinda-k-c.jpg.jpeg
काठमाडौं । चिकित्सा क्षेत्रमा रहेको चरम वेथिति अन्त्यका लागि संघर्षरत वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. गोविन्द केसीले फेरि अनसन बस्ने तयारी गरेका छन् । 
 
केसीले सरकारलाई माग सम्बोधनका लागि गत सोमबार दिएको एक साताको अल्टिमेटम सोमबार दिउँसो ३ बजे सकिँदैछ । केसीले गत साता सरकारले माग सम्बोधनको लिखित ड्राफ्ट दिएपछि अनसन स्थगित गरेका थिए । 
 
केसीले हाम्राकुरासंग भने, ‘अहिले सम्म सरकारबाट पछिल्लो जानकारी केही आएको छैन । फेरि पनि ३ बजे सम्म कुर्छु । त्यसपछि के गर्ने भन्ने पत्रकार सम्मेलनमै जानकारी गराउने छु ।’ केसीले सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् । 
 
यद्यपि, केसीको मुद्दा सम्बोधनलाई क्रमिक अगाडी बढाएका स्वास्थ्यमन्त्री गगन थापा निटक स्रोतले भने सरकारले सम्बोधन गर्ने सबै मागहरुको काम अघि बढेकाले काम भइरहेको समयमा उहाँले अनसन नबसेर सहयोग गर्नु हुने भन्ने अपेक्षा गरेको सुनाएको छ । 
 
स्रोतले भन्यो, ‘गत साता शिक्षामन्त्री र स्वास्थ्य मन्त्रीले बुझाएको लिखित प्रतिवद्धता पत्रमा हामीले गर्ने कार्यमा अनसन नबसेर सघाउनु हुनेछ भनेरै अनुरोध गरिएको छ ।’ सोही अनुसार मनमोहन विधेयक फिर्ता लिने तयारी भएको छ, स्रोतले भन्यो, ‘न्याम्सको नाम मनमोहन प्रतिष्ठान बनाउने निर्णय सीनेटले गरीसकेको छ । 
 
डा. केसीको लामो समय देखिको सात वटै प्रदेशमा एक सरकारी मेडिकल कलेज बनाउने भन्ने मागबारे कार्यविधि बनेर सम्भाव्यता अध्ययनको काम अघि बढिसकेको छ । डिन नियुक्तिको विषय समेत अघि बढिसकेको छ । योबीचमा थुप्रै काम भएका छन् ।’
 
तर, उहाँले सरकारले एक हप्तामा मागबारे के भयो भन्ने सम्म जानकारी आएको छैन भन्दै अनसनका लागि पत्रकार सम्मेलन गर्ने तयारी गरी सक्नु भो ? जवाफमा स्वास्थ्यमन्त्री थापाका निकट सहयोगिले भने, ‘सरकारले गर्ने काम सबै अघि बढिसकेका छन् । उहाँले अख्तियार प्रमुखको विषयलाई लिएर अनसन थाल्ने भन्नु भा हो भने बेग्लै कुरा हो ।’
 
यो सरकारको दायराको विषय होइन । त्यसैपनि त्यो विषय सर्वोच्चमा पुगिसकेको छ । केसीले सोमबारसम्म अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाभियोग लगाउन संसदमा छलफल हुनुपर्ने र नभए अनसन बस्ने बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ