arrow

टेष्ट क्रिकेट: भारतद्वारा न्युजिल्याण्ड १९७ रनले पराजित

logo
प्रकाशित २०७३ असोज १० सोमबार
Ind_NZ_Test.jpeg

काठमाडौं। आफ्नो ५ सयौं टेष्ट खेलेको भारतले न्युजिल्याण्डलाई १९७ रनले पराजित गरेको छ।  कानपुरस्थित पहिलो टेस्टको अन्तिम दिनको खेलमा पाहुना टोली न्युजिल्यान्डमाथि जित निकाल्दै भारतले सो सफलता हात पारेको हो ।  

टस जितेर पहिले व्याटिङ गरेको घरेलु टोली भारतले पहिलो इनिङ्समा पुरै विकेटको नोक्सानीमा कुल ३ सय १८ रनको योगफल तयार पारेको थियो । उसका लागि मुरली बिजयले सर्वाधिक ६५ रनको योगदान गरेका थिए ।त्यस्तै चेतेश्वर पुजराले ६२ रनको जोड्दा, रविन्द्र जडेजा र रविचन्द्र आश्विनले क्रमश ४२ र ४० रन जोडेका थिए । 
 
न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्ट र मिचेल सान्टर्नरले समान ३ विकेट लिएका थिए । 
 
न्युजिल्यान्ड भने पहिलो इनिङ्समा २ सय ६२ रनमा सिमित भयो । उसका लागि केन विलियम्सनले सर्वाधिक ७५ रनको योगदान गर्दा टोम लथामले पनि ५८ रन जोडे । 
 
किवी टोलीको व्याटिङ ध्वस्त गराउने क्रममा भारतका लागि रविन्द्र जडेजा र रविचन्द्र आश्विनले क्रमश: ५ र ४ विकेट लिए । 
 
दोस्रो इनिङ्समा ३ सय ७७ रनको योगफल तयार पार्दै भारतले न्युजिल्यान्डलाई समग्रमा ४ सय ३४ रनको चुनौती दिँदै इनिङ्स अन्त्यको घोषणा गर्यो । दोस्रो इनिङ्समा उसका लागि चेतेश्वर पुजराले सर्वाधिक ७८ रन जोडे । 
 
न्युजिल्यान्डका लागि दोस्रो इनिङ्स पनि राम्रो हुन सकेन । किवी टोली २ सय ३६ रनमै अल आउट भयो । भारतका लागि रविचन्द्र आश्विनले ६ र मोहमद सामीले २ विकेट लिए । 
 
जितसँगै ३ वटा टेस्ट श्रृंखलामा भारतले १-० को अग्रता लिएको छ ।  दोस्रो टेस्ट खेल सेप्टेम्बर ३० मा हुनेछ । पाहुना टोली न्युजिल्यान्डले भारतसँग ३ वटा टेस्ट र ५ वटा एकदिवसीय खेल खेल्नेछ ।



नयाँ