arrow

माओवादी केन्द्रको राष्ट्रिय भेला कात्तिकमा

logo
प्रकाशित २०७३ असोज १० सोमबार
maoist-united.JPG.jpeg
काठमाडौँ। नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सचिवालयको बैठकले कात्तिक १० गते पार्टीको राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । 
 
पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको बैठकले सङ्गठनात्मक विषयमा निर्णय लिन राष्ट्रिय भेला बोलाउने निर्णय गरेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्  । 
 
भुसालले भनिन् , “सचिवालयको बैठकमा पार्टी सङ्गठनबारे गम्भीर छलफल भयो । पार्टीको आन्तरिक सङ्गठनलाई व्यवस्थित गर्न कात्तिक १० र ११ गते राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय गरेको छ ।” 
 
प्रवक्ता भुसालका अनुसार राष्ट्रिय भेलामा सङ्गठनको आकारलाई व्यवस्थित र चुस्त बनाउने, स्थानीय तहको निर्वाचन लक्षित सङ्गठनात्मक संरचना तयार गर्ने र स्थानीय निर्वाचनमा पार्टीको विजयलाई सफल तुल्याउने कार्यविधि, सङ्गठन र जिम्मेवारीबारे छलफल हुनेछ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ