arrow

बाल होली [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २२ सोमबार
holi-child-2079.jpg

काठमाडौं । फागुपूर्णिमा अर्थात् होलीको उपलक्ष्यमा सबैभन्दा बढी खुशी हुने बालबालिका नै हो । बालबालिकाहरु हरेक चाडपर्वमा रमाएजस्तै होलीमा पनि होली खेलेर मनाउने गर्छन् । 

विगत केही वर्षअघिसम्म फागुपूर्णिमा होली पर्वको एक साताअघिदेखि नै राजधानीमा युवतीको आवागमन बन्द हुन्थ्यो ।     काम विशेषले निस्कनै पर्ने युवतीले घर फर्कंदा निथ्रुक्क हुनुपर्ने बाध्यता थियो । 

फागुन शुक्ल अष्टमीको बिहान हनुमानढोका दरबार क्षेत्रमा चीर गाडेपछि युवतीलाई पानी भरेको लोलाले हिर्काउने परम्परा नै बनेको थियो । यो विकृति क्रमशः अन्त्य हुन थालेको छ । केही वर्षअघिसम्म फागुपूर्णिमाका दिन घर बाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो । अबिरलगायत रङ दलिन्थ्यो ।
 
खानेपानीकै अभाव रहेको राजधानी काठमाडौँमा फोहर पानीले बटुवालाई हान्ने विकृति बढ्दै गएको थियो । विसं २०७६ मा कोरोना महामारी बढेपछिदेखि नै विकृति अन्त्य हुन थालेको हो । कोरोनाअघि पनि यो विकृतिमा केही कमी भने आइसकेको थियो । अपवादका रुपमा भने अझै पनि केही मानिस उच्छृङ्खल गतिविधिमा संलग्न भएको देखिन्छ । त्यस्तालाई कानूनी कारबाहीको दायरामा ल्याइने नेपाल प्रहरीले जनाएको छ ।
  
यसपटक भने कसैले पनि अरुको इच्छाविपरीत फागुपूर्णिमाको संस्कृतिका नाममा विकृतिका काम गरेको देखिएन । मानिस आफू आफूमै रमाइरहेका छन् । घरपरिवार एवं छरछिमकीसँग फागु खेले । टीका लगाइदिए । खुशी साटासाट गरे ।

आपसी सौहार्दता बढाए । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा ९होली० पर्व राजधानीलगायत पहाडी र हिमाली जिल्लामा आज अपेक्षाकृत शान्तरुपमा मनाइरहेको देखिन्छ । 
 
देशभरका विभिन्न स्थानमा यसरी मनाए बालबालिकाले होली–
 

20230306092920_IMG_2360.JPG
IMG_9346.jpg
IMG_9349.jpg
IMG_9351.jpg
IMG_9355.jpg
IMG_9362.jpg
IMG_9365.jpg
IMG_9367.jpg
IMG_9371.jpg
KRG_Galkot-holii.JPG
KrishnaDawadi_Kaski_RSS_22_20230306_085228.jpg
KrishnaNeupane_Damauli_RSS_22_image_6487327.JPG
SM_Jaleshower-IMG20230306114949.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ