arrow

डा. गोविन्द केसीले थाले नवौं चरणको अनसन, के छन् माग ?

logo
प्रकाशित २०७३ असोज १० सोमबार
news-kc-aaja-10.jpeg
काठमाडौं । चिकित्सा क्षेत्रको चरम वेथिति अन्त्यका लागि संघर्षरत वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. गोविन्द केसीले नवौं चरणको अनसन थालेका छन् ।  
 
केसीले सरकारलाई माग सम्बोधनका लागि गत सोमबार दिएको एक साताको अल्टिमेटम सकिएपछि सोमबार त्रिवि शिक्षण अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी नवौं चरणको अनसन सुरु भएको घोषणा गरेका हुन् । डा. केसीले गत साता सरकारले माग सम्बोधनको लिखित ड्राफ्ट दिएपछि एक साताका लागि अनसन स्थगित गरेका थिए ।
 
केसीले पत्रकार समम्मेलनमा वितरण गरेको विज्ञप्तिमा ‘चिकित्सा शिक्षा ऐनको विधेयक संसदमा अघि बढाउने लगायत हाम्रा अन्य मागहरुमा भएको प्रगतिको हामीले स्वागत गर्दछौं । तर स्मरण रहोस्, हामीले चाहेको जस्तो एक थान चिकित्सा शिक्षा ऐन नभई आम नागरिक र मेडिकल विद्यार्थीको हित हुने गरी र गुणस्तरमा अहिले कामय मनपरी अन्त्य हुने गरी त्यो ऐन आए मात्र त्यसको अर्थ रहन्छ । त्यसको विपरीत विभिन्न निहित स्वार्थहरुका कारण यसलाई गलत रुपमा अघि बढाइयो वा हामीले माग गर्दै आएका सुधारहरु गरिएन भने त्यो हामीलाई स्वीकार्य हुने छैन ।
 
केसीले अगाडि भनेका छन्, ‘यो परिस्थितिमा हाम्रा मागहरु थप दबाबविना पूरा नहुने देखिएकाले आज दिनको ४ बजेदेखि म आमरण अनसन बसेको घोषण गर्दछु ।’ 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ