arrow

तत्काल संविधान संशोधन आवश्यक छैन : सुजाता कोइराला

कांग्रेसको ठूलो समूह राष्ट्र हित विपरीत काम गर्ने पक्षमा छैन

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ असोज १० सोमबार
sujata-koirala.jpg.jpeg
विराटनगर । नेपाली कांग्रेस केन्द्रिय सदस्य सुजाता कोइरालाले तत्काल संविधान संशोधन आवश्यक नभएको बताएकी छन् ।
 
नेपाल प्रेस युनियन मोरङले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले संविधान संशोधन भन्दा पनि संविधान कार्यान्वयनतर्फ दलहरु लाग्नुपर्ने बताइन् ।  
 
उनले संविधान हेरफेर गर्दै जाने हो भने मुलुकका ७५ वटै जिल्लामा असन्तुष्टि बढ्ने र  अस्थिरता छाउने धारणा राखिन् । 
 
कोइरालाले भनिन्, ‘संविधान संशोधन गर्न सबै दलको सहमति आवश्यक भएकाले प्रतिपक्षी दललाई सहमतिमा नल्याई संविधान संशोधन हुन सक्दैन ।’
 
संविधानले सात वटा प्रदेश कायम गरिसकेकाले यसैलाई कार्यान्वयन गर्नुपर्ने र  पछि समय अनुकुल संविधान कार्यान्वयन गर्दै जानुपर्नेमा जोड दिइन् । 
 
कोइरालाले थपिन्, ‘राष्ट्रको अहित हुने काम हामीलाई कुनै पनि हालतमा स्वीकार्य हुँदैन ।’ नेपाली कांग्रेसको नेतृत्व तहले समेत मुलुुकको हित विपरीत काम गर्छ भने त्यसलाई स्वीकार्न सकिँदैन ।’
 
कोइरालाले कुनै गलत कामको पक्षमा आफुले हस्ताक्षर नगर्ने बताइन् । उनले भनिन्, ‘म बैठक नै छोडेर हिँड्छु तर, राष्ट्र हित विपरीतका सम्झौतामा हस्ताक्षर गर्दिन ।’ 
 
आफु मात्रै नभई कांग्रेसको ठूलो समूह राष्ट्र हित विपरीत काम गर्ने पक्षमा छैन, कोइरालाले थपिन् ‘यसलाई नेतृत्व तहले गम्भीरता पूर्वक लिनुपर्छ ।’ 
 
पार्टी भित्र देखिएको गुट उपगुटका कारण नेपाली कांग्रेसको भविष्य समेत अन्योलमा परेकामा जोड दिँदै कोइरालाले यसलाई पार्टीले मिलाउन सक्नु पर्ने नभए पार्टीको छवि थप धमिलिने जिकिर गरिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ