arrow

मोटरबाटो अबरुद्ध हुँदा यात्रुलाई सास्ती

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ असोज १० सोमबार
Rolpa-hamrakura.jpg.jpeg
लिबाङ (रोल्पा) । जिल्लाका विभिन्न स्थानको मोटरबाटो अबरुद्ध हुँदा रोल्पाली जनताहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभावित भएका छन् । विभिन्न समयको वर्षातका कारण गएको पहिरोसंगै मोटरबाटो अबरुद्ध भएपनि यात्रुहरु साथै यातायात ब्यवसायीहरु पनि मर्कामा परेका हुन्  ।
 
पुर्वी रोल्पाको सुलीचौरदेखी जेलबाङ जोडने मोटरबाटो अवरुद्ध भएपछि त्यस क्षेत्रको जनजीवन निकै प्रभावीत भएको स्थानीयबासीले बताएका छन् । दशै तिहार जस्ता महत्वपूर्ण चाडपर्वहरु नजिकिदै गर्दा यात्रुहरुलाई सुलिचौर बजारसम्म आवत जावत गर्न र मालसामान ढुवानी गर्न समेत समस्या पर्ने गरेको छ । जसका कारण जैमाकसला गाविस र  फगामका गाविसका केही भागहरुमा जनजीवन पुर्णरुपमा प्रभावित भएको छ । 
 
मोटरबाटो हुँदा एक दिनमै बजार पुगेर घर फर्कन सकिने ठाउँमा पनि बाटो अबरुद्ध हुँदा बजारबाट घर फर्कन दुई दिन लाग्न थालेपछि खर्च बढ्ने भएका कारण स्थानीयहरु थप चिन्तित बनेका हुन् । जिल्लाका दूर दराजबाट अस्पताल सम्म बिरामी ल्याइ पुराउन समेत थप कठिनाइ हुने गरेको सरोकारवाला हरुको गुनासो छ ।
 
यसरी बाटो अबरुद्ध भएपछि गाउँमा संचालनमा आएका पसलहरुमा पनि दैनिक खाद्य सामाग्रीहरुको अभाव बढ्न थालेको छ ।बच्चा सानो छ श्रीमान् बैदेशिक रोजगारीमा जानुभएको छ आफैले सामान बोकेर लैजान गाह्रो छ मान्छे लगाएर सामान बोकाउदा अत्यधिक महंगो पर्न जान्छ पिठयूमा बच्चा बोकेर लामो यात्रामा जुटिरहेकी जेलबाङ रोल्पाकी असारी कामीले गुनासो गरिन्। 
 
गाविसको पहलमा विभिन्न स्थानमा जाली लगाई मोटरबाटो निर्माण कार्य थालिएको छ । तर कहिले सम्म निर्माण कार्य सकिन्छ यसैभन्न सकिदैन एक यात्रुले लामो सुस्केरा हाल्दै बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ