arrow

रामचन्द्रले भने, ' प्रधानमन्त्रीले १६ अर्व माओवादीलाई बाड्न खोजे '

logo
प्रकाशित २०७३ असोज १० सोमबार
Ramchandra-Poudel-11.jpg.jpeg
नेपालगन्ज। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यशैलीप्रति असन्तुष्टी जनाएका छन् । मानसरोवर तिर्थयात्रामा जाने क्रममा आइतवार साँझ नेपालगन्ज आइपुगेका पौडेलले सोमबार बिहान कार्यकर्तालाई सम्वोधन गर्दै सभापतिको कार्यशैली र प्रधानमन्त्रीको कार्यशैली प्रति असन्तुष्टी जनाएका हुन् । 
 
पौडेलले सभापति देउवाले राष्ट्रिय मुद्दामा केन्द्रीय समिति बैठक बोलाएर छलफल गर्नुपर्नेमा पार्टी सभापति गुटगत राजनीति गर्दै अगाडि बढेकाले समग्र कार्यकर्ताको नेता बन्न अझै नसकेको भन्दै असन्तुष्टी जनाए। उनको असन्तुष्टी सभापति देउवासँग मात्र थिएन। सरकार प्रमुख तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि थियो। उनले दाहाल प्रधानमन्त्री भएपछि राष्ट्रको सम्पत्ती दुरुपयोग हुने खतरा बढेको भन्दै असन्तुष्टी जनाए । पौडेलले भने ‘भर्खरै मात्र शान्ति मन्त्रालयमार्फत १६ अर्व रुपैयाँ झिकेर माओवादीले कार्यकर्तालाई बाँड्न खोजिदैछ। हामीले दाहाललाई प्रधानमन्त्री मानेका छौं, तर उहाँले हाम्रो शर्त मान्ने कि नमान्ने ? काँग्रेसबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरु ट्वाल्ल परेर हेर्ने बाहेक अरु उपलब्धि गर्न नसकेको नेता पौडेलले बताए। 
 
सभापति देउवाका कारण संविधान कार्यान्वयन, स्थानीय निकाय र सरकार सञ्चालनका विषयमा पार्टीको धारणा आउन नसकेको बताए। उनले भने–‘निर्वाचित भएपछि मैले देउवाजीलाई समग्र कार्यकर्ताको नेता बन्नुस भनेर शुभकामना दिएको थिए, तर उहाँले ठिक उल्टो काम गर्नुभयो।’ पार्टी सभापतिको कार्यशैलीले काँग्रेस आलोचित भएको बताए। सभापति देउवाको कार्यशैलीका कारण पार्टी ठिक ढंगले नचलेको वरिष्ठ नेता पौडेलले भनाइ थियो। संविधान संशोधनका विषयमा बजारमा धेरै कुरा आएको बताउँदै यसमा नेपाली काँग्रेसले आधिकारिक धारणा बाहिर ल्याउनुपर्ने उनको भनाइ छ। 
 
पौडेलले भने–‘केन्द्रीय समिति बैठक बोलाएर यस्ता विषयमा छलफल गर्नुपर्नेमा पार्टी सभापति गुटगत राजनीति गर्दै हुनुहुन्छ ।’नेता पिच्छे बेग्ला बेग्लै धारणा आएपछि कार्यकर्ता अलमलमा पर्ने र देश नै अलमलमा पर्ने पौडेलले बताए। पौडेलले संविधानले नै व्यवस्था गरेको स्थानीय तह, प्रादेशिक र केन्द्रीय तह पुनःसंरचनाको कुरा पनि लथालिंग भएकाले संविधान कार्यान्वयन अवस्था जटिल भएको बताए । अघिल्लो सरकारले बनाएको स्थानीय तह पुनःसंरचना आयोगले ल्याएको मापदण्डले जनतामा खैलाबैला मच्चाएको पौडेलको भनाइ थियो। हिमाल, पहाड र तराई क्षेत्रका लागि निर्धारण गरिएको मापदण्ड व्यवहारिक नभएको उनले जिकिर गर।  
 
स्थानीय तह पुनःसंरचना आयोगको मापदण्डका विषयमा तराई र हिमाली क्षेत्रका बासिन्दाले आपत्ति जनाइरहेको बताउँदै वरिष्ठ नेता पौडेलले अगाडि भने, ‘लोकतन्त्र र संघीयतामा यस्तो गर्नु ठिक होइन, मैले त सुरु देखि नै यसमा मतभेद जाहेर गर्दै आएको हुँ।’ कांग्रेस बरिष्ठ नेता पौडेलले प्रधानमन्त्रीको कार्यशैलीप्रति पनि असन्तुष्टी जनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ