arrow

पौडेल लागे तीर्थयात्रामा

logo
प्रकाशित २०७३ असोज १० सोमबार
ramchandra.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेल तीर्थयात्रामा गएका छन्। पौडेल छिमेकी मुलुक चीनको स्वशासित क्षेत्र तिव्वतमा रहेको मानसरोवरको तीर्थयात्रामा निस्केका छन् । 
 
पौडेल सपरिवार मानसरोवरको तीर्थयात्रामा निस्केका हुन्। पाैडेलका साथमा परिवारका सदस्य, आफन्त, स्वकीय सचिव तथा अंगरक्षक छन् । उनी आइतबार बेलुका नेपालगन्ज पुगेका थिए। आइतवार नेपालगञ्ज बसेका पौडेल सोमबार बिहान हुम्ला प्रस्थान गरे । उनको हुम्लाबाट मानसरोवरसम्मको तीर्थयात्रा हेलिकप्टरमा हुने प्रबन्ध मिलाइएको छ। 
 
काँग्रेस बाँके सभापति किरण कोइरालाका अनुसार वरिष्ठ नेता पौडेल असोज १२ गते कैलाश मानसरोवर दर्शन गरी नेपालगन्ज फर्किने कार्यक्रम छ। मानसरोवर जाने यो उपयुक्त समय हो। अलि चिसो वढ्दै जाँदा मानसरोवर यात्रा कठीन हुन्छ। 
 
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यशैलीप्रति असन्तुष्टी जनाएका छन् । मानसरोवर तिर्थयात्रामा जाने क्रममा आइतवार साँझ नेपालगन्ज आइपुगेका पौडेलले सोमबार बिहान कार्यकर्तालाई सम्वोधन गर्दै सभापतिको कार्यशैली र प्रधानमन्त्रीको कार्यशैली प्रति असन्तुष्टी जनाएका हुन् । 
 
तीर्थयात्राका लागि नेपालगञ्ज पुगेका पौडेलले सभापति देउवाले राष्ट्रिय मुद्दामा केन्द्रीय समिति बैठक बोलाएर छलफल गर्नुपर्नेमा पार्टी सभापति गुटगत राजनीति गर्दै अगाडि बढेकाले समग्र कार्यकर्ताको नेता बन्न अझै नसकेको भन्दै असन्तुष्टी जनाए। उनको असन्तुष्टी सभापति देउवासँग मात्र थिएन। सरकार प्रमुख तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि थियो। उनले दाहाल प्रधानमन्त्री भएपछि राष्ट्रको सम्पत्ती दुरुपयोग हुने खतरा बढेको भन्दै असन्तुष्टी जनाए । 
 
पौडेलले भने ‘भर्खरै मात्र शान्ति मन्त्रालयमार्फत १६ अर्व रुपैयाँ झिकेर माओवादीले कार्यकर्तालाई बाँड्न खोजिदैछ। हामीले दाहाललाई प्रधानमन्त्री मानेका छौं, तर उहाँले हाम्रो शर्त मान्ने कि नमान्ने ? काँग्रेसबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरु ट्वाल्ल परेर हेर्ने बाहेक अरु उपलब्धि गर्न नसकेको नेता पौडेलले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ