arrow

मधेसीको मागलाई मधेसीका रुपमा मात्र नहेरौँ : नेता नेपाल

logo
प्रकाशित २०७३ असोज १० सोमबार
madhav-kumar-nepal.jpg.jpeg
काठमाडौँ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले मधेसी जनताको मागलाई मधेसीका मागका रुपमा मात्र हेर्न नहुने बताएका छन् । 
 
प्रेस चौतारी नेपाल मधेस मामिला समन्वय विभागले सोमबार आयोजना गरेको ‘मधेसका सवाल र समाधानका उपाय’विषयक अन्तक्रियामा नेपालले भने ,– “राष्ट्रले लिएको नीति र संविधानको मूल मर्मका आधारमा मधेसको विकास गर्नुपर्छ, त्यहाँको शोषण र दमन अन्त्य गर्नुपर्छ” । नेता नेपालले “एमालेलाई मधेस विरोधी भनेर आरोप लगाउनुमा कुनै सत्यता छैन” भन्दै मधेसी जनताको मुक्तिका निम्ति सबै मधेसी एकताबद्ध हुनुपर्ने बताए। 
 
अनेकतामा एकता भएको देशमा सबै नेपालीको भावना र विचारलाई कदर गर्नुपर्ने बताउँदै उनले भने , “नेपालीसंग विदेशी नागरिकले विवाह गर्नेबित्तिकै नागरिकता पाउन सकिन्छ तर मुलुकको हितका दागि अङ्गीकृत नागरिकले राज्यको संवैधानिक प्रमुख पदमा जानुपर्छ भन्नु ठीक होइन र यो मधेसीको माग पनि होइन ।” 
 
नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मधेसको समस्या राष्ट्रकै समस्या भएकाले सबैले लचिलो भएर समस्या समाधान गर्नुपर्नेमा जोड दिए । राष्ट्रियताको मुद्दामा नझुकी अरु कुरामा सहमतिका साथ अगाडि बढ्नुपर्ने भन्दै उनले मधेसको समस्या निराकरण गर्न सबै दलले ध्यान दिनुपर्ने बताए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ