काठमाडौं । सर्वाधिक पुरस्कार राशिको रेडबुल फुटसल लिग राजधानीमा शुरु भएको छ । सोमबार भएको उद्घाटन खेलमा चौर फुटसल बाँसबारीले विजयी शुरुवात गरेको छ । चौरले आफ्नै मैदानमा भएको खेलमा ढुकु फुटसल हव महाराजगञ्जलाई ३–२ गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
प्रतिस्पर्धात्मक खेलमा शुरुवाती अग्रता रञ्जित श्रेष्ठको गोलबाट घरेलु टिम चौरले लियो । तर, पहिलो क्वार्टरमै सविन केसीले बराबरी गोल फर्काए । दोश्रो हाफमा सुरज राउतको गोलबाट खेलमा ढुकुले अग्रता लियो पनि चौरका रमेश गुरुङले गोल गदै २–२ को बराबरीमा ल्याए ।
खेलको प्ररम्भमा अग्रता दिलाएका म्यानअफद म्याच रञ्जित श्रेष्ठले अन्तिम समयमा गोल गदै टिमलाई जित दिलाए । उत्कृष्ट प्रदर्शन गरेका चौरका रंजित म्यान अफ द म्याच चुनिए । उनलाई बालगोपाल महर्जनले फगको गिफ्ट हेम्पर प्रदान गरे ।
यसअघि लिगको उद्घाटन खेलमा नेपाल खेलकुद पत्रकार मञ्चको टोलीले आयोजक आयोजक एएमए इभेन्टलाई ११–३ ले पराजित ग¥यो । मञ्चको जितमा बासु अवालले चार तथा आयुष खड्का र प्रजित शाक्यले ह्यट्रिक पुरा गर्दा निशान राईले एक गोल गरे ।
मञ्चका तर्फबाट गोल रक्षकको भूमिकामा रहेका हिमालय टाइम्सका दिल तामाङले बिपक्षका प्रहारहरुलाई उत्कृष्ट बचाउ गदै निराश बनाएका थिए । मञ्चको जितमा नागरिक दैनिकका कमल खत्री र सौर्य दैनिकका अनिल मल्ल ठकुरीले पनि महतवपूर्ण भूमिका निभाएका थिए ।
लिगको उद्घाटन राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी बालगोपाल महर्जन, उपेन्द्रमान सिंह र राकेश श्रेष्ठले गरेका थिए । होम एण्ड अवेको आधारमा मंसिर २८ गते (नौ हप्ता) सम्म चल्ने लिगमा विभिन्न १६ फुटसल टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टोलीले १० लाख पुरस्कार पाउने छ भने, उपविजेताले पाँच लाख प्राप्त गर्ने छ । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले जनही ५० हजार पाउने छन् ।