arrow

च्याम्पियनमा दिकपाल मञ्जिताको यस्तो प्रेम(भिडियो)

logo
प्रकाशित २०७२ मंसिर २२ मंगलबार
Champion.jpg.jpeg
काठमाडौं । नेपालकै फिल्म इतिहासमा पहिलो पटक क्रिकेटको विषयमा तयार पारिएको फिल्म ‘च्याम्पियन’को गीत सार्वजनिक भएको छ । टंक बुढाथोकी र मनिषा पोखरेलको स्वरमा रहेको ‘मन पराउँछु तिमीलाई’ बोलको गीतमा टंककै संगीत छ भने कृष्ण पोखरेल (डेकमणि)को शब्द रहेको छ । गीतमा दिक्पाल कार्की र मञ्जिता केसीले रोमान्स गरेका छन् भने कविराज गहतराजको कोरियोग्राफी छ ।

बीबी फुँयालले निर्देशन गरेको फिल्ममा जेएन घिमिरे, साहिल खान, शारदा आचार्य पोखरेल, समान्ता आचार्य, जगत टमाटा, ज्याक श्रेष्ठ, अक्की शर्मा, रेजिश फुँयाल, रितिक रोशन घिमिरे, रविन्द्र गुप्ता, अल्बिना फुँयाल र अण्डर १९ का राष्ट्रिय क्रिकेट टीमका खेलाडीको अभिनय रहेको छ ।

आरडी मिडिया हाउसको प्रस्तुतिमा कृष्ण पोखरेल नै प्रस्तुतकर्ता रहेको फिल्ममा रिता पोखरेल निर्मात्री छिन् भने युवराज कार्की सहनिर्माता रहेका छन् । फिल्ममा साहिल खानको सम्पादन, पवन गौतमको छायांकन रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ