arrow

जापानमा गभर्नरसंग गफिए कमल थापा

logo
प्रकाशित २०७३ असोज १० सोमबार
kamal-thapa-japanma.jpeg
काठमाडौं । जापान पुगेका पूर्व उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले जापानको प्रिफेक्चरका गभर्नरसंग भेट गरेका छन् । 
 
शिष्टाचार भेटमा थापाले नेपालको वर्तमान अवस्था र भूकम्पपछिको पुनःनिर्माबारे छलफल गरेका छन् । थापाले आफ्नो ट्वीट मार्फत गभर्नर ताकुया टासोलाई भूकम्पपछि जापानले गरेको सहयोगप्रति आभार प्रकट गरेको जानकारी गराएका छन्् । गभर्नर ताकुयाले नेपालको विकास निर्माणमा चासो राखे । 
 
त्यसअघि थापाले ईवाते अन्तर्राष्ट्रिय संघले जापानको मोरियोकामा गरेको नेपाल–जापान सम्बन्धको ६०औं वार्षिकोत्सव समारोहमा सहभागि भए । यस्तै, थापाले जापानबाटै आइतबार मुख्य राजनीतिक दलहरुले स्थानीय तहको टुंगो लगाउन गरेको सैद्धान्तिक सहमतिको आलोचना गरेका छन् । थापाले ट्वीट गर्दै ‘संविधान र आयोगको हस्तक्षेप गर्ने अधिकार (सण्डिकेट)लाई छनै भनेका छन् । 
 
आइतबार साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको मुख्य तीन दलको बैठकले पुरानै इलाकालाई आधार मानेर स्थानीय तहको पुनःसंरचनाको काम अघि बढाउने भन्दै सैद्धान्तिक सहमति गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ