arrow

सबै दल एक भएर संबिधान कार्यान्वयनमा लाग्नुपर्नेमा मन्त्री केसीको जोड

logo
प्रकाशित २०७३ असोज १० सोमबार
kc-arjun.jpeg
मकवानपुर । शहरी विकास मन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले संविधानको पुर्ण कार्यान्वयनका लागि दलहरु बिच सहमति र सहकार्य गर्दे एकै ठाँउमा उभिनुपर्नेमा जोड दिएका छन् । साथै उहाँले  दुरगामि प्रभाव बिश्लेषण गरेर सबै दल एकै ठाउँमा उभिनुपर्ने बताए ।
 
सोमवार मकवानपुरको थाहा नगरपालिकामा कांग्रेसको नगर ईकाईले आयोजना गरेको शुभकामना आदानप्रदान एवं कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री केसीले संविधानका केही पक्षमा असहमतहरुलाई समेत संवैधानिक प्रक्रियाद्वारा नै सहमतिमा ल्याइ संविधानको पुर्ण कार्यान्वयन मार्फत मुलुकमा राजनितिक स्थिरता कायम गर्न सरकार प्रतिबद्ध रहेको बताए । त्यसक्रममा कांग्रेस नेता केसीले संविधानको पुर्ण कार्यान्वयनका लागि सम्पुर्ण रुपमा कृयाशिल रहन पार्टी पंक्तिलाई निर्देशन समेत दिए ।
 
 पार्टी सामु ईतिहासले सुम्पेको जिम्मेवारी पूरा गर्नुपर्ने दायित्व रहेकाले एकताबद्ध रुपमा पार्टीको लक्ष्य पूरा गर्न कार्यकर्ताहरुको इमान्दारीतापूर्ण समर्पण आवश्यक रहेको बताए । कार्यक्रममा मन्त्री केसीले थाहा नगरपालिकाको पर्यटकीय महत्वलाई दृस्टीगत गर्दै यसलाई नया नगर विकास योजनामा समेटेर विकास गरिने  बताए । 
 
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेले ओली सरकारले संविधान कार्यान्वयनमा इमानदारीता नदेखाएकाले बिस्थापित गर्नुपरेको बताउदै चाडो संक्रमणकालको अन्त्यका लागि निर्धारित समयमै निर्बाचनहरु सम्पन्न गर्नुको बिकल्प नरहेको बताए । कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका सभापति एव सांसद जगदिश्वोरनरसिंह केसी,मकवानपुर कांग्रेस सभापति एवं साँसद इन्द्र वानिया, मकवानपुरका निबर्तमान कांग्रेस सभापति रघुरमण नेउपाने, महासमिति सदस्यहरु उमा दहाल, भरत लामा, क्षेत्रिय सभापति यतिराज सापकोटा,थाहा नगर विकास अध्यक्ष खड्ग गोपालि,महिला संघ अध्यक्ष लक्ष्मी श्रेष्ठ ,तरुण दल अध्यक्ष इस्वर श्रेष्ठ, थाहा नगर सभापति योगेन्द्रमान श्रेष्ठ लगायतले समसामयिक राजनीतिक अवस्था ,सांगठनिक सुदृढीकरण लगायतका विषयमा धारणाहरु राखेका थिए ।
 
 कार्यक्रममा मन्त्री केसीले एमाले, माओवादी केन्द्र र जनमोर्चा परित्याग गरी कांग्रेस प्रबेश गर्ने ५० भन्दा बढी युवाहरुलाई पार्टीको सदस्यता बितरण गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ