arrow

नुवाकोटबाट तीन खाकाको प्रस्ताव

logo
प्रकाशित २०७३ असोज १० सोमबार
nuwakot-hamrakura.jpg.jpeg
त्रिशूली (नुवाकोट) । गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगलाई नुवाकोट जिल्लाबाट तीन खाका प्रस्ताव गरिएको छ । 
 
आयोगअन्तर्गतको जिल्लास्तरीय प्राविधिक समितिले एक, नेकपा (एमाले)बाहेकका दलले एक र एमालेले एक खाका गरी तीन खाका प्रस्ताव गरी आयोगमा पठाइएको हो । प्राविधिक समितिले आयोगले दिएको अधिकतम सीमा नौ, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र)लगायत दलले १३ र एमालेले १० वटा स्थानीय तह रहने प्रस्ताव बुझाइएको हो । 
 
आयोगको अधिकतम सीमा नौ वटा स्थानीय तहमा दलहरु सहमत हुन नसकेपछि आआफ्नातर्फबाट प्रस्ताव गरेका हुन् । स्थानीय विकास अधिकारी संयोजक रहेको जिल्ला प्राविधिक समितिले पठाएको नौ र अन्य दलले पठाएको १३ प्रस्तावित स्थानीय निकायको सङ्ख्याभन्दा एमाले पठाएको १० प्रस्तावित स्थानीय निकाय बढी समयसापेक्ष र भेगीय हिसाबले मिलेको एमाले नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडाले बताए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ