arrow

यातायात क्षेत्र गुणस्तरीय र पारदर्शी बनाउँछु : मन्त्री लेखक

logo
प्रकाशित २०७३ असोज १० सोमबार
Ministry-Ramesh.jpeg
दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले यातायातका क्षेत्रमा हुने कामलाई गुणस्तरीय र पारदर्शी बनाउनेतर्फ आफू गम्भीर भएर लाग्ने बताएका छन् । 
 
नेपाली काँग्रेस तनहुँद्वारा सोमबार यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री लेखकले यातायात क्षेत्रमा समयमै काम नहुने र गुणस्तरीय काम समेत हुन नसकेको जनाए ।
 
 आजै मन्त्री लेखकले यातायात व्यवस्थापन विभागको कार्यालय डुम्रे र व्यास नगरपालिकाको कार्यालय समेतको निरीक्षण गरी सरकारी तवरबाट हुने काम छिटो, छरितो र पारदर्शी ढङ्गबाट अगाडि बढाउन निर्देशन दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ