arrow

कांग्रेस सभापति देउवाले दिए पौडेललाई बधाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २५ बिहिबार
deuba-badhai-ramchandra.jpg

काठमाडौं । राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेललाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाई दिएका छन् । निर्वाचन आयोगले औपचारिक रुपमा विजेता घोषणा गर्नुअघि नै सामाजिक संजालमार्फत देउवाले पौडेललाई बधाई दिएका हुन् । 

पौडेल र देउवाले सँगसँगै राजनीति गरेकाले पनि उनीहरु एकअर्काका परम मित्र हुन् । बिहीबार अपराह्न सकिएको मतगणनामा पौडेलले नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई हराएर राष्ट्रपति निर्वाचित भएका हुन् । 

पौडेलले ३३ हजार ८ सय २ मतभार ल्याए । नेम्वाङले १५ हजार ५१८ मतभार मात्रै ल्याए । पौडेललाई संघतर्फबाट १६ हजार ९ सय ६ र प्रदेशतर्फ १६ हजार ८ सय ९६ मतभार आएको हो । त्यस्तै नेम्वाङलाई संघमा ७ हजार ७ सय ४२ र प्रदेशमा ७ हजार ७ सय ७६ मतभार आएको छ।

पौडेललाई नौ दलीय गठबन्धनसँगै रास्वपा र स्वतन्त्र सांसदहरुको मत आएको हो भने नेम्वाङलाई एमालेको मात्र मत आएको हो । 

राप्रपा र नेमकिपाले भने राष्ट्रपति निर्वाचन वहिस्कार गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ