arrow

नेविसंघको विवाद सतहमा, पौडेल पक्षबाट बैठक बहिस्कार

logo
प्रकाशित २०७३ असोज १० सोमबार
nebisangh.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघको विवाद सतहमा आएको छ । नेविसंघको ११औं महाधिवेशन सम्पन्न भएपछि पनि गुटगत विवाद अन्त्य भएको छैन । 
 
सोमबार बसेको केन्द्रीय समिति दोस्रो बैठक नेता रामचन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । पछि पार्टी सभापति शेरबहादुर देउवा र नेता कृष्ण सिटौला पक्षधरको छुट्टै र पौडेल पक्षको छुट्टै बैठक बसेको छ । 
 
पौडेल पक्षले अध्यक्ष बहुमत पदाधिकारी र सदस्यहरुको मनोभावना विपरीत एकलौटी अघि बढ्न खोजेको आरोप लगाएको छ । पौडेल पक्षधर छात्रा उपाध्यक्ष उर्मिला थपलियाले हाम्राकुरासंग भनिन्, ‘मर्यादा क्रम पनि आफ्नै ढंगले गरियो । अधिवेशन हुँन बाँकी जिल्लाहरुमा पनि निर्वाचन नगरी अध्यक्षले नै चलाउने कुरा उठ्यो ।
 
संगठन संघीय संरचनामा गइसकेकाले नियमावली र निर्देशिका बनाउने भन्दा पनि एकलौटी ढंगले अघि बढ्न खोजियो ।’ अनि तपाईहरुले मनोनयन हुन बाँकी २२ जनामा आधा–आधाको भाग खोज्नु भो रे नी त ? जवाफमा उनले भनिन्, ‘हो हामीले खोजेकै हो ।
 
निर्वाचन लडेका आधारमा र मत परिणामका आधारमा हामीले आधा पाउनु पर्ने हो । किन भने चुनाव देउवा र पौडेल पक्षधरबीच भएको हो । त्यही भएर आधा–आधाको कुरा आएको हो ।’ हामीले भन्दा पनि उहाँहरु आफैले गुटको स्वरुप निर्धारण गरिदिनु भएको हो ।’ हामीलाई वेवास्ता गरेर अघि बढ्न खोजिए देशभर समातान्तर गतिविधि संचालन हुन्छ । त्यसैले हामीले छुट्टै बैठक गरेर विज्ञप्ती जारी गरेका छौं । 
 
उता, देउवा र सिटौला पक्षधरहरुले सोबारको बैठकमा मनोनयनको प्रस्ताव नै नआएको बताएका छन् । सिटौला पक्षधर प्रदेश उपाध्यक्ष डिल्लीराम सुवेदीले भने, ‘कस्को नाम अघि पछि राख्ने भन्ने विषयलाई लिएर सामान्य विवादमै उहाँहरु बाहिरिनु भयो ।
 
मनोनयनको प्रस्ताव यो बैठकमा आएकै छैन । अर्कोतिर पार्टीको नीति अनुसार अध्यक्षले नै प्रक्रिया थाल्ने भन्ने छ । मनोनयन गर्ने अधिकार अध्यक्षलाई नै छ । त्यसमा पनि विधान अनुसारको समावेशीताका कुराहरु छन् ।’ नेविसंघका अर्का एक नेताले भने, ‘बैठक बहिस्कार पुरै निर्देशनात्मक थियो । गुटको अस्तित्व जोगाउन नेताहरुले नै लगाएको ट्रिक हो ।’ विवादकैबीच बैठकले अधिवेशन हुन बाँकी क्याम्पस र जिल्लामा आगामी मंसिर मसान्तभित्र अधिवेशन सकिसक्ने निर्णय भएको सुवेदीले बताएका छन् ।
 
पाैडेल पक्षकाे विज्ञप्ति
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ