arrow

धुवाँ देखिएपछि विमान आकस्मिक अवरतरण, १६३ यात्रु सकुशल

logo
प्रकाशित २०७३ असोज ११ मंगलबार
plane.jpeg
काठमाडौँ । नेपाल वायु सेवा निगमको नयाँ दिल्लीबाट काठमाडौं आउँदै गरेको ‘लुम्बिनी’ एयरबस एक्कासि धुवाँ आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेको छ । 
 
चालक दलका सदस्यसहित १६३ यात्रु रहेको विमानमा १२ हजार पाँच सय फिट उचाइमा रहेका अवस्थामा धुवाँ देखिएपछि अवतरण गराइएको निगमका प्रवक्ता रामकृष्ण शर्माले जानकारी दिए ।
 
उनका अनुसार नेपालभित्रको सिमानामा प्रवेश गरेपछि एयरबसमा जहाजभित्र धुवाँ देखिएपछि काठमाडौं टावरलाई सम्पर्क गरी आकस्मिक अवतरण गराइएको हो । 
 
विमानमा रहेका सबै यात्रु सकुशल भएको र धुवाँ देखिनाका बारेमा परीक्षण गरिरहेको प्रवक्ता शर्माले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ