arrow

खोलाले बगाएर मोरङमा दुईको मृत्यु

logo
प्रकाशित २०७३ असोज ११ मंगलबार
hamrakura-logo.jpeg
उर्लाबारी । मोरङमा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । जिल्लाको पथरी–शनिश्चरे–९ नमुनाटोल बस्ने अन्दाजी ५५ वर्षीया कथिमी झाँगडको घरनजिकै रहेको देवीस्थान खोलाले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिए ।
 
यस्तै, सुखानी खोलाले बगाउँदा मोरङकै भौडाहाका एक वृद्धको मृत्यु भएको छ । भौडाहा वडा नं २ र ९ को सिमानामा पर्ने सुखानी खोला तर्नेक्रममा बगाउँदा भौडाहा–१ का ६० वर्षीय मोती मुडियारीको मृत्यु भएको हो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ