arrow

धादिङको दूर्घटनामा घाईते भएकालाई हेलिकोप्टरबाट उद्दार गर्ने तयारी

logo
प्रकाशित २०७३ असोज ११ मंगलबार
Dhading-hamrakura.jpg.jpeg
काठमाडौं । धादिङ जिल्ला सदरमुकाम धादिङवेशीवाट किन्ताङफेदि जाँदै गर्दा दूर्घटनामा परेका घाईतेलाई हेलिकप्टरबाट उद्दार गर्ने तयारी भईरहेको छ । धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले दिएको जानकारी अनुसार सदरमुकामबाट झण्डै ५ घण्टाको बाटोमा रहेको उक्त स्थानमा पुग्न ढिलो हुने भएकोले हेलिकप्टरबाट उद्दार गर्ने तयारी भईरहेको छ । 
 
सुवेदीले दिएको अपुष्ट जानकारी अनुसार १३ जना भन्दा बढीको ज्यान गएको जानकारी आएको छ । अहिले सदरमुकामबाट ५ वटा प्रहरीको गाडी घटनास्थलतर्फ पठाउने तयारी भईरहेको छ । ना ४ ख ३३१८ नक्बरको बसमा ३० जना भन्दा बढी व्यक्ति सवार थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ