arrow

देउवाले गरे पौडेलको राजीनामा स्वीकृत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २९ सोमबार
deuba-poudel.png

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको राजीनामा स्वीकृत गरेका छन् ।

वरिष्ठ नेता पौडेल फागुन २५ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिमा निर्वाचित भएपछि कांग्रेस पार्टीको पद, जिम्मेवारी र साधारण सदस्यबाट अलग भएको राजीनामा आइतबार स्वीकृत गरेको हो ।

सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम आइतबारैका मितिदेखि लागू हुने गरी राजीनामा स्वीकृत गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सभापति देउवाले कांग्रेसमा लामो समयसम्म आबद्ध रहेर राष्ट्रियता, लोकतन्त्र र पार्टी सङ्गठनमा नेता पौडेलले पुर्‍याएको अतुलनीय योगदानको उच्च सम्मान र कदर गरेको छ । 

सभापति देउवाले राष्ट्रपति पदको गरिमा, मर्यादा, दायित्व र जिम्मेवारीलाई संविधानको मर्म र भावना अनुरुप कार्यसम्पादन गर्न पौडेल सफल हुने विश्वास लिँदै सम्माननीय राष्ट्रपतिलाई हार्दिक शुभकामना व्यक्त गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ