arrow

सोलु घुम्न निस्किए बुलेट राइडर

logo
प्रकाशित २०७३ असोज ११ मंगलबार
bullet-rider.jpeg
काठमाडौं । सगरमाथा क्षेत्र अन्तर्गत सोलुखुम्बुको फाप्लु पुग्ने उद्देश्यका साथ बुलेट राइडरको एउटा समूह मंगलबार काठमाडौंबाट प्रस्थान गरेको छ । २३ वटा बुलेट (रोयल इन्फिल्ड) बाइकमा सवार ३० जनाको समूह धुलिखेल, नेपालथोक, खुर्कोट, ओखलढुंगा हुँदै फाप्लु पुग्ने छ ।
 
आज आयोजित एक कार्यक्रममा व्यवस्थापिका संसदको वातावरण समितिका सदस्य हरि उप्रेती र मिस एभरेष्ट २०१६ आकांक्षा भट्टराईले सो समूहलाई विदाई गरेका छन् । नासा बुलेट क्लबका महासचिव राम साहले रोड लिडरको रुपमा सो समूहको नेतृत्व गरेका छन् । 
 
सो अवसरमा सांसद उप्रेतीले नेपाली युवाहरु विदेशी भूमिमा पसिना बगाएर पठाएको रेमिट्यान्सले धानिरहेको देशमा पर्यटन प्रवद्र्धनबाट पनि देशलाई फाइदा पुर्‍याउन सकिन्छ भन्ने उदाहरण बुलेट राइडले प्रस्तुत गरको बताए । 
विश्व पर्यटन दिवसको अवसरमा आयोजना गरिएको उक्त बुलेट राइडले करिब २ सय ३५ किलोमिटरको दुरी पार गर्नेछ ।
 
मौसमले साथ दिएमा सगरमाथा क्षेत्रको अवलोकन गरी फर्किन कार्यक्रम रहेको क्लबका अध्यक्ष प्रकाश लिम्बुले बताए ।  विश्व पर्यटन दिवसको अवसरमा पर्यटन प्रवद्र्धन गर्न  सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त बुलेट राइड कार्यक्रमको आयोजना गरिएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ