काठमाडौं। नेपाली राष्ट्रिय टोलीका चम्किला खेलाडी सोमपाल कामी व्याटिङमा चम्किँएपछि जगदम्बा राइनोले कान्तिपुर गोर्खाजमाथि ११ रनको शानदार जित हात पारेको छ । जारी एभरेष्ट प्रिमियर लिग अन्तर्गत मंगलवार भएको पहिलो खेलमा सोमपालले सर्वाधिक ४४ रनको योगदान गर्दे टोलीको जित सुनिच्छित गरेका हुन् ।
टस हारेर पहिले व्याटिङ निम्तो पाएको राइनोले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २४ रनको योगफल तयार पारेको हो । राइनोका लागि म्यान अफ दि म्याच समेत घोषित भएका सोमपाल कामीले सर्वाधिक ४४ रनको योगदान गरे । ३० बल सामना गरेका सोमपालले ४ चौका हाने ।
यस्तै सुभेन्दु पाण्डे र हसिम अन्सारीले क्रमश: २१ र १८ रन जोडे । अमित श्रेष्ठले १६ रन जोड्दा टोलीका कप्तानी सम्मालेका शक्ति गौचन भने २ रनमा आउट भए ।
कान्तिपुर गोर्खाजका लागि कप्तान बसन्त रेग्मीले ३ र ललित राजवंशीले २ विकेट लिए ।
जगदम्बा रोइनोका लागि शक्ति गौचन, प्रेम तामाङ र पवन सरफले समान दुई-दुई विकेट हात पारे । सोमपाल कामी र शाह अलामले पनि समान एक-एक विकेट लिए ।
१ सय २५ रनको विजय लक्ष्य पछ्याएको गोर्खाजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १ सय १३ रन बनाए । गोर्खाजका लागि सन्दिप झोराले सर्वाधिक ४२ रनको योगदान गरे ।
यस्तै अनिल शाहले २८ रन जोड्दा टोलीको कप्तानी सम्हालेका बसन्त रेग्मी भने ८ रनमै पवेलियन फर्किए ।
जगदम्बा रोइनोका लागि शक्ति गौचन, प्रेम तामाङ र पवन सरफले समान दुई-दुई विकेट हात पारे । सोमपाल कामी र शाह अलामले पनि समान एक-एक विकेट लिए ।