arrow

ग्रामिण सडकअवरुद्ध हुँदा करोडौं मुल्यको गोलिया अलपत्र

logo
प्रकाशित २०७३ असोज ११ मंगलबार
goliya.jpeg
पाँचथर । लगातार रुपमा भएको वर्षादको कारण पाँचथर जिल्लाका स्थानीय ग्रामिण सडकहरु अवरुद्ध हुँदा करोडौ मूल्य वरावरको गोलिया अलपत्र परेको छन् ।जिल्लामा कटानी गरेर तयारी गरीएका करिव एक करोड मुल्य वरावरको २० हजार क्यु फिट गोलिया अलपत्र परेका हुन् ।
 
लगातारको वर्षादसंगै स्थानीय सडकहरु अवरुद्ध हुँदा जिल्लाका राँके, फिदिम र च्याङथापु इलाका वन कार्यालय क्षेत्रका गोलियाहरु अलपत्र परेका व्यवसायीहरुले वताएका छन् । जिल्लाका च्याङथापु, मेमेङ, नांगीन, याङनाम लगायत गाविसमा गत जेठ महिनामा कटान गरेर निकासीको तयारीमा राखिएका गोलियाहरु वर्षा संगैको सडक अवरुध्दको कारण निकासी गर्न नसक्दा ठूलो आर्थिक क्षति भएको व्यवसायी मदन गौतम वताउछन् ।
 
लगाताको वर्षादले अझै केहि दिन सडक संचालन हुन समय लाग्ने भएकोले त्यसको प्रत्यक्ष मार व्यवसायीहरुलाई हुने उनको भनाइ छ ।वन पैदावार व्यवसायि संघका उपाध्यक्ष समेत रहेका गौतमले भने कुकाठको रुपमा परिचित उत्तिस अवको एक महिना भित्रमा झिक्न नसक्दा सडेर जाने समेत डर भएको बताए।
 
पाँचथर जिल्लामा मात्र वर्षमा एक अर्व बढिको आम्दानी गर्न सफल वन पैदावार, आर्थिक वर्ष ०७२/०७३ मा उत्पादीत वन पैदावारवाट राज्यलाई डेढ करोड वढिको रोयल्टि तिरेको भन्दै गौतमले जिल्ला निकासी करवापत करिव २२ लाख र गाउँ विकास समितिहरुलाई समेत प्रति रुख वरावर ५० रुपैयाँको दरले करिव २० लाख वरावर राजस्व वुझाएको बताए । वन पैदावार व्यवसायी संघ पाँचथरमा आवरुद्ध एक सय ५३ व्यवसायी मध्ये अहिले ८० जना व्यवसायीहरुले काम गर्दै आएको वन पैदावार व्यवसायी संघ पाँचथरले जनाएको छ ।
 
 जिल्लाका रानीटार, नांगीन, लुङरुपा, सिदिन, एकतिन, मेमेङ, ओयाम, च्याङथापु, फलैंचा, रवि, सराङडाँडा, कुरुम्वा, फाक्तेप, चिलिङदिन, लगायत गाविसहरुमा उत्पादन हुने उत्तिसवाट जिल्ला निकासी करको सवै भन्दा ठूलो हिस्सा ओगटेको वन पैदावार व्यवसायी संघका पूर्व अध्यक्ष तथा संरक्षक भिम फागोले बताए । जिल्लामा आम्दानीको ठूलो स्रोतको रुपमा स्थापित वन पैदावारको क्षेत्रमा राज्यको प्रष्ट नितिका अभावका कारण व्यवसायीहरु समस्यामा पर्ने गरको त्यस क्षेत्रमा कार्यरत निकायका प्रतिनिधिहरुले बताए  ।
 
जिल्ला वन कार्यालयले फायल तयार गर्ने, रुखको कटान गर्ने, विमार्का गर्ने जस्ता कामले किसान र व्यवसायीहरुलाई दोहोरो आर्थिक मार समेत परको जसको कारण किसान र व्यवसायीहरुलाई अनावश्यक झन्झट दिने खालको निति भएको कारण समेत समयमा काम हुन् नसक्ने व्यवसायीहरुको गुनासो छ । व्यक्तिगत वनामा लगाइएको उतिस लगायत उत्पादित गोलियाले पाँचथर सहित पूर्वि पहाडमा निजि तथा नम्वारी वनवाट उत्पादीत वन्य जन्य उत्पादनले जिल्लाको आम्दानीको स्रोतमा ठूलो सघाउ पुग्ने गरेको संरक्षक फोगोको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ