arrow

सामाजिक सञ्जालबाट काश्मीरी भाषाको प्रचार गर्दै पुलवामा युवक

logo
एजेन्सी,
प्रकाशित २०७९ पुष २४ आइतबार
kashmir-beauty.jpg

श्रीनगर। वर्तमान समयमा धेरैजसो किशोर किशोरीहरू सामाजिक सञ्जालमा उद्देश्यविहीन रूपमा समय खेर फाल्‍ने गरेका छन्। आफ्ना साथीहरूको जीवन र छविहरू अवलोकन गर्नमा आफ्नो समय बर्बाद गरे युवापुस्ताबीच फरक काम गरिरहेका तौकीर अशरफ पनि रहेका छन्।

दक्षिण काश्मीरको पुलवामा जिल्लाको गुसु गाउँका बासिन्दा तौकीरले दूरी र समयको अवरोधहरू पार गर्न सामाजिक सञ्जाल प्लेटफर्महरू प्रयोग गर्छन् र यसैले काश्मीरी भाषाको प्रवर्द्धनका लागि काम गर्छन्।

तौकीरले आफ्नो मातृभाषालाई प्रवर्द्धन गर्न अक्टोबर २०२१ मा सामाजिक सञ्जालमा लागेका थिए र अहिले सम्म विभिन्न सामाजिक सञ्जाल प्लेटफर्महरूमा फलोअरहरूको बढ्दै गएका छन्।  उनको इन्स्टाग्राम पेजमा मात्रै ९६ हजार फलोअर्स छन् र उनले अपलोड गर्ने हरेक भिडियोलाई हजारौँले हेरेका छन्।

उनले काश्मीरी भाषालाई प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न सामाजिक सञ्जाल प्लेटफर्महरूमा कोशेर प्रअ अर्थात् कोशेर भनेको काश्मीरी, प्रअ भनेको पढौँ नामको एकाउन्ट चलाउने गरेका छन्। जसमा उनले विभिन्न सुफी कविहरूको काश्मिरी कविता अङ्ग्रेजी अनुवादको साथ अपलोड गर्छन्। उनले विभिन्न प्रसिद्ध काश्मीरी कविहरू, शेख-उल-आलम, रसूल मीर, शम्स फकीर, वहाब खार र अन्यको कविता अपलोड गर्ने गरेका छन्। 

कविताको अलावा, उनले अनुवादका साथ हितोपदेश र काश्मिरी पहेलियाँ अपलोड गर्छन्, जुन युवा पुस्तालाई थाहा छैन। तौकीरले आफ्नो मातृभाषाको शिक्षा आफ्नै गाउँबाट गरेका थिए र बाल्यकालदेखि नै आफ्नो मातृभाषाको संरक्षण र संवर्द्धनमा लागेका थिए।

काश्मीरी कविताको एक उत्कट पाठक, तौकीर हाल कश्मीर विश्वविद्यालयबाट भूविज्ञानमा स्नातकोत्तर गर्दै छन्। समय बित्दै गयो र अहिले ठुलो भएपछि आफ्नो भाषाको प्रवर्द्धन र संरक्षण गर्ने जोश बाल्यकालमा जस्तै रहेको उनले बताए ।

'कलेजका दिनदेखि नै मातृभाषाको प्रवर्द्धनका लागि केही गर्ने योजनामा थिएँ, तर कसरी गर्ने भन्ने थाहा भएन। समय बित्दै गयो, मेरो लागि केही गर्न सकूँ भन्ने पेज बनाउने कुरा मनमा उब्जियो । मैले अक्टोबर २०२१ मा यसमा काम गर्न थालेको थिएँ र सुरुमा मानिसहरूबाट थोरै प्रतिक्रिया पाएको थिएँ, तर समय बित्दै जाँदा मानिसहरूबाट अत्यधिक प्रतिक्रिया पाएको देखेँ,' तौकीरले भने।

दर्शकको अत्यधिक प्रतिक्रिया देख्दा आफूलाई खुसी लागेको उनले बताए । 'आफ्ना प्रयासहरू फलदायी भएको देख्दा राम्रो लाग्छ र कश्मीरी सिक्ने इच्छा व्यक्त गर्ने गैर-निवासीहरूबाट सन्देशहरू प्राप्त गर्दा म अझ उत्साहित हुन्छु,' उनले थपे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ