arrow

राष्ट्रिय खुला लनटेनिस संरक्षक र कमल फाइनलमा

logo
प्रकाशित २०७३ असोज ११ मंगलबार
lan-tenis-news.jpeg
काठमाडौं । संरक्षकभूषण वज्राचार्य र कमल भण्डारी प्रथम राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।
 
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको सेमिफाइनलमा संरक्षकले सन्तोष खत्रीलाई ६–०, ६–७ र ६–४ तथा कमल भण्डारीले नवीन पुनलाई ६–१ र ६–२ को सेटमा पराजित गरे । सो स्पर्धाको महिलामा मायांका राणा र इरा रावत उपाधिका लागि भिड्ने छन् ।
 
ललितपुर जिल्ला लनटेनिस संघले गरेको प्रतियोगिताको पुरुष डबल्सको उपाधि श्रीराम मगर र कमल भण्डारीको जोडीले जिते । फाइनलमा उक्त जोडीले संरक्षकभूषण वज्राचार्य र महेश श्रेष्ठको जोडीलाई ६–३ र ७–५ को सोझो सेटमा पराजित गरे । यसअघि महिला डबल्समा जुम्ल्याहा दिदीबहिनी मायांका र माहिका राणाको जोडी पहिलो भएका थिए ।
 
प्रतियोगिताको अन्तिम दिन पुरुष–महिला सिंगल्सको फाइनल हुनेछ । प्रतियोगितामा समावेश चारै स्पर्धाका विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रो हुने दुई खेलाडीले समान ५–५ हजार नगद पुरस्कार पाउने छन् ।



नयाँ