arrow
ADVERTISEMENT

भारतीय विदेश सचिव जयशंकरले भने– ‘मधेस आन्दोलनप्रति सद्भाव छ’

logo
प्रकाशित २०७२ मंसिर २२ मंगलबार
Jayashankar.jpg.jpeg
काठमाडौ । नयाँदिल्लीमा राजनीतिक भेटवार्ता गरिरहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शिर्ष नेताहरुले भारतीय विदेश सचिव एस जयशंकरसँग भेटवार्ता गरेका छन । झण्डै एक घण्टा भएको भेटवार्तामा आफुहरुले मधेस आन्दोलन र सरकारसँग भईरहेको बार्ताको विषयमा सबै कुरा राखेको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए ।

महतोले आफूले नेपाल सरकार बार्तामा गंभिर नभएको र नेपालका परराष्ट्रमन्त्रीले प्रस्तुत गरेको  तीन बुँदे प्रस्तावको औचित्य नभएको स्पष्ट पारेको बताए । उनले भने,‘ यो तीन बुँदे प्रस्तावले समस्या समाधान हुँदैन । त्यो प्रस्तावले बार्तालाई निष्कर्समा पुर्याउँदैन । मधेसी मोर्चाले प्रस्तुत गरेको ११ बुँदेमा छलफल गरी सीमांकनसहित प्याकेजमा सम्बोधन गर्नु पर्छ । विगतमा भएको आठ बुँदे सहमति र राज्य पुर्नसंरचना आयोगको प्रतिवेदन अनुसार हुनु पर्छ । ’

भेटमा विदेश सचिव जयशंकरले आफूहरु संबाद, सहकार्यको पक्षमा रहेको स्पष्ट पार्दै  नाकाबन्दी भारतले नगरेको र भारतले नै मधेस आन्दोलन र नाका केन्द्रीत आन्दोलनलाई सहयोग गरेको भन्ने कुरा गलत भएको बताएको नयाँ दिल्लीमा रहेका रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले जानकारी दिए ।

धमलाका अनुसार विदेशसचिवले भारतले नाकाबन्दी गर्ने कुरा कहिल्यै पनि सोच्न नसक्ने भन्दै मधेसको अधिकार प्राप्तिको आन्दोलनमा सद्भाव ब्यक्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ