विराटनगर । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले इलाकालाई आधार मानेर स्थानीय निकायको निर्वाचन गराउने कुरा आफनो पार्टीलाई मान्य नहुने बताएका छन् ।
विराटनगर विमानस्थलमा वुधबार संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष गच्छदारले पञ्चायतकालमा बनाइएको इलाकालाई अहिले नयाँ संविधान जारी भइसक्दा पनि त्यसलाई आधार मान्ने र निर्वाचन गराउने कुरा स्वीकार्य नहुने धारणा राखे । गच्छदारले राज्य पुनःसंरचना आयोगले तोकेको संख्यालाई बढाएर स्थानीय संरचनाको टुंगो लगाउनुपर्ने बताए ।
गच्छदारले भने, ‘सवैदलहरु संग सहमती गरेर मात्र सरकारले संविधान संशोधन प्रक्रिया अघि बढाउनु पर्दछ । एकलौटी मान्य हुँदैन ।’
गच्छदारले संविधान संशोधनगर्नका लागी प्रतिपक्ष एमाले र आफनोपार्टीसंग सरकारले कुनै छलफल नगरेको बताए । नेपाली कांग्रेस र माओवादी केन्द्र पार्टी मिलेर मात्रै संविधान संशोधन हुन नसक्ने उनको भनाई छ ।
संविधान सशोधनका लागि मुख्य दल मधेसी मोर्चा तथा मधेशवादी दलहरुसँग सहममति आवश्यक भएकाले छलफल गरेर मात्र संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्ने बताए ।
अध्यक्ष गच्छदारले संविधान कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन आवश्यक रहेको उल्लेख गर्दै स्थानीय संरचनाहरुको सीमा र संख्याको टुंगो लगाएर मात्र निर्वाचन गर्नुपर्ने बताए ।