arrow

विजुलीको महसुल नतिर्ने को-को हुन ११ फिल्म हल ?

पच्चीस लाख बक्यौता

logo
प्रकाशित २०७३ असोज १२ बुधबार
halls.jpg.jpeg
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र रही सञ्चालन हुँदै आएका ११ वटा चलचित्र घरले मनोरञ्जन कर नतिर्दा रु २५ लाख बक्यौता बाँकी छ । 
 
हालसम्म काठमाडौँ महानगरपालिकाअन्तर्गत रही सञ्चालन भएका चलचित्र घर ११ वटा छन् । तीमध्ये छ वटाको आफ्नै भवन रहेको छ भने पाँच वटा भाडाका रहेका छन् । सञ्चालित सबै चलचित्र घरले मनोरञ्जन कर नतिर्दा यतिधेरै बक्यौता बाँकी रहेको काठमाडौँ महानगरपालिकाका राजस्व महाशाखा प्रमुख ध्रवकुमार काफ्लेले जानकारी दिए। 
 
“चलचित्र घरले हालसम्म कर तिरेका छैनन्,” उनले भने । अब केही दिनभित्रमा कर नतिरे कानुनी प्रक्रिया अघि बढाउने राजस्व महाशाखाले तयारी गरेको छ । कर नतिर्ने चलचित्र घरको सुविधा कटौती गर्दै लगिने, मालपोत रोक्ने, बैंक खाता रोक्का गर्ने जस्ता कारबाही गरिने छ । 
 
चलचित्र घरमा टिकट बिक्री हुने बित्तिकै प्रति टिकट मूल्यको दुई प्रतिशतका दरले मनोरञ्जन कर तिर्नुपर्ने प्रावधान छ । महानगरपालिकाले २०५६ सालदेखि चलचित्र घरको घरजग्गा, सवारी, व्यवसाय, विज्ञापन तथा मनोरञ्जन कर लिन थालेको हो । मूल्य अभिवृद्धि कर लागू भएपछि मनोरञ्जन कर हटेको भन्दै चलचित्र घरले सो कर तिर्न आनाकानी गरेको काफ्ले बताउछन्  । तर स्थानीय स्वायत्त शासन कर नियमावली अनुसार मनोरञ्जन कर लिने व्यवस्था रहेकाले उक्त शीर्षकको कर कुनै पनि हालतमा तिर्नुपर्ने उनको भनाइ छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ