arrow

संसदमा समसामयिक विषयको चर्चा, सरकारको ध्यानाकर्षण

logo
प्रकाशित २०७३ असोज १२ बुधबार
sansad-nirwachan.jpg.jpeg
काठमाडौँ । व्यवस्थापिका–संसद्मा सांसदहरुले वुधबारको संसद बैठकको शून्य समयमा बोल्दै मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । 
 
सांसद अईन्द्रसुन्दर नेम्वाङले बेर्सेनि विषालु च्याउ खाएर सर्वसाधारणको ज्यान गइरहेकोले यसप्रति सरकारले विशेष ध्यान दिनुपर्ने तथा यसको दीर्घकालीन समाधानको उपायको खोजी गर्नुपर्ने बताए । 
 
सांसद अञ्जली श्रेष्ठले पृथ्वी राजमार्गमा दुर्घटना बढ्दै गएको सम्बन्धमा पहल गर्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद अञ्जना चौधरीले पश्चिम तराईमा बाढीपीडितको पुनःस्थापनाका लागि कुनै सरकारी पहल नभएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।  
 
त्यस्तै सांसद अनिता देवकोटाले निरङ्कुश शासक झै नेपाली भाषामा हस्तक्षेप भएको र यसले भाषाका क्षेत्रमा अराजकता र अन्यौलता सिर्जना भएको बताइन् । सांसद अनुराधा थापामगरले राजधानीका सडकका दुर्दसाले जनताले सास्ती खेप्नुपरेको भन्दै सडक सुधारका लागि सरकारको ध्यानाकर्षण गराइन् ।  
 
सांसद आनन्दी पन्तले टीकापुर घट्नाका बारेमा अपराधीलाई कारबाहीको सट्टा सफाइ दिने कार्यको विरोध गर्दै दोषीलाई कडा कानुनी कारबाहीको माग गरे । सांसद आशा यादवले बाढीबाट पूर्वी तराईको सिमानामा हजाराै‌ बिगाहा जमिन कटानमा परेको भन्दै यसको समाधानका लागि सरकारको ध्यानाकर्षण गराइन् । 
 
सांसद कमलाकुमारी घिमिरेले सरकारको सूचीमा नपरेका भूकम्पपीडितले सरकारी सुविधा पाउन नसकेको गुनासो गर्दै तत्काल छानबिन गरी यसको समाधान गर्न आग्रह गरिन् । सांसद कलसादेवी महराले कञ्चनपुरमा एक हुल जङ्गली हात्तीको बथानले धानबाली नष्ट गरेकोप्रति सरकारको ध्यानकर्षण गराइन् ।  
 
सांसद काशीनाथ अधिकारीले कुनै पनि घट्नाका बारेमा सरकारले आयोग बनाउने र ती आयोगले दिएको प्रतिवेदनको कार्यान्वयनमा बेवास्ता गर्ने भएकाले कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन नसकेको बताए ।  
 
सांसद केदारप्रसाद सन्ज्यालले दैनिकजसो हुने सडक दुर्घटनाका कारणको खोजी गरी यसको न्यूनीकरणका लागि पहल गर्न सरकारसँग आग्रह गरे । 
 
सांसद केशरी घर्तीमगरले चाडवाडका क्रममा बढ्दै गएको दुर्घटनाका बारेमा सरकारसँग उचित व्यवस्थापन गर्न माग गरे । सांसद कौसर साहले सार्वजनिक यातायातमा महिला बढी पीडित हुने भएकाले त्यसतर्फ ठोस कदम चाल्न सरकारसंग आग्रह गरे ।  रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ