arrow

चाँडै सुपथ मूल्यका तरकारी बजार सञ्चालनमा ल्याइने

logo
प्रकाशित २०७३ असोज १२ बुधबार
kalimativeg.jpeg
काठमाडौँ। आपूर्तिमन्त्री दीपक बोहोराले चाडबाड केन्द्रित सुपथ मूल्यका तरकारी बजार यथाशक्य चाँडो सञ्चालनमा ल्याइने बताएका छन् । 
 
वुधबार कालीमाटी तरकारी बजारको अनुगमन गर्दै मन्त्री बोहोराले फोहरमैलाको व्यवस्थापन नहुँदा बेच्न राखिएका तरकारीसमेत प्रदूषित हुने भएकाले केही दिनभित्र फोहर तह लगाउन पनि व्यवसायीलाई निर्देशन दिए । 
 
सरकारले चाडबाडलाई लक्ष्य गरी खाद्य सामग्रीका सुपथ मूल्य पसलसँगै तरकारी तथा फलफूलको पसल सञ्चालन गर्ने तयारी पनि गरिरहेको छ । यही असोज १ गतेदेखि काठमाडौँ उपत्यकाभित्र १२ र बाहिर २३ वटा सुपथ मूल्यका पसल सञ्चालन भइरहेका छन् । 
 
यसैबीच, मञ्जुश्री पेट्रोल सेन्टर बसपार्कबाट वितरण भइआएको इन्धनमा मिसावट भएको गुनासो आएपछि आज सेन्टरलाई सिल गरिनाका साथै पेट्रोल र डिजेलको नमुना सङ्कलन गरी परीक्षणका लागि नेपाल गुणस्तर तथा नापतौल विभागमा पठाइएको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ