नयाँदिल्ली । भारतीय क्रिकेटर गौतम गम्भीर दुई वर्षपछि राष्ट्रिय टिममा फर्किएका छन् । दुई हप्ताअघि न्यूजिल्याण्डविरुद्धको खेलका लागि टिममा नपरेपछि निराश बनेका गम्भीरले आफू निराश नभएको र टिममा पर्नका लागि लडिरहने बताएका थिए ।
तर टिममा नपरेका गम्भीरलाई दुई टेष्टका लागि बोलाइएको छ । पहिलो टेष्टमा खेल्न नपाएका गम्भीरले बाँकी दुई टेष्टमा खेल्न पाउने छन् ।
ओपनिङ्ग ब्याट्सम्यान लोकेश राहुल घाइते भएपछि गम्भीरले अवसर पाएका हुन् ।
दोस्रो टेष्ट शुक्रबारदेखि कोलकातामा हुँदैछ । पहिलो खेल भारतले १९७ रनले जितेको छ ।
३४ वर्षीय गम्भीर साढे दुई वर्षदेखि टेष्ट तथा साढे ३ वर्षदेखि एक दिवसीय खेल्न पाएका छैनन् ।