arrow

न्यायिक सुधारको विरोधमा आमहड्तालमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १४ मंगलबार
israel-tourism.jpg

इजरायल ।  इजरायलको सबैभन्दा ठूलो श्रम सङ्गठन हिस्टाद्रुटले विवादास्पद न्यायिक सुधार योजना रोक्न सरकारलाई दबाब दिन सोमबार कामदार हडताल शुरु गरेको छ।
हिस्टाद्रुटका अध्यक्ष अर्नोन बार-डेभिडले विज्ञप्ति जारी गर्दै "कामदार र रोजगारदाताहरूले मिलेर न्यायिक सुधारलाई रोक्ने," बताएका छन् ।

उनको आह्वानपछि बेन गुरियन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने उडानहरू स्थगित गरिएको छ। कलकारखाना, बैंक, सपिङ मल र स्थानीय निकायले पनि सेवा बन्द गरेका छन् । फास्ट फुड चेन रेस्टुरेन्ट म्याकडोनाल्ड पनि हडतालमा सामेल भई इजरायलभरका आफ्ना रेस्टुराँहरू बन्द गरेको छ । यसबाट सार्वजनिक यातायात, विद्यालय भने प्रभावित भएनन्।

यसैबीच इजरायली मेडिकल एसोसिएसनले सबै सार्वजनिक अस्पताल र सामुदायिक क्लिनिकहरूमा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरेका छन् । इजरायलका सबै सार्वजनिक विश्वविद्यालयहरूले हडताल गरेका छन्। इजरायलको एसोसिएसन अफ युनिभर्सिटी हेड्सले विज्ञप्ति जारी गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनको सत्तारूढ गठबन्धनलाई कानुनी प्रक्रिया तत्काल रोक्न र छलफल शुरु गर्न आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ