arrow

दशैँ तिहारको मुखमा पूर्वी पहाडि जिल्लामा खाद्यान्नको अभाव

logo
प्रकाशित २०७३ असोज १३ बिहिबार
Panchthar-hamrakura.jpg.jpeg
पाँचथर। नेपालीहरुको महानपर्व दशैँ तिहार नजिकिँदै जाँदा पूर्वी पहाडि जिल्ला पाँचथरको अधिकांश सडकहरु अवरुद्ध हुँदा ग्रामिण भेगमा खाद्यान्न अभाव हुन थालेको छ।
 
वर्षादका कारण ठाउँठाउँमा पहिरो झरेको हुँदा सदरमुकाम लगायत झापाका विभिन्न शहर वजार बाट खाद्यान्न लगायत दैनिक उपभोग्य सामानहरु ढुवानी गर्न नसक्दा ग्रामिण भेगमा खाद्यान्न अभाव हुन थालेको हो।
 
जिल्लाको दुर्गम र उत्तर पूर्वी गाविसहरु मेमेङ,प्राङबुङ,दक्षिणी गाविसहरु  सराङडाँडा, कुरुम्बा, लिम्बा, दूरदम्बिा लगायतका गाविसमा अहिले खाद्यान्न अभाव हुन थालेको ब्यापारीहरु वताउँछन्। 
 
मेमेङ ४ ताङलेपाका ब्यापारी मित्र सापकोटाल अहिले त्यस ठाउँमा चामाल, चिउरा, तेल, चिनी, दाल लगायतका सामाग्रीको अभाव हुन थालेको उनले बताए। उनले भने,“ सडक राम्रो हुँदा ६ घण्टामा सामान लिएर पुग्ने ट्रयाक्टर अहिले सडकमा झरेको पहिरो र खाल्डाखुल्डीका कारण फसेर ५ दिनमा पनि पुग्न सक्दैन्।” समयमै सामान लिएर ट्रयाक्टर पुग्न नसक्दा खाद्यान्न लगायत दैनिक उपभोग्य सामाग्रीको अभाव हुन थालेको उनको भनाई छ।
 
यस्तै जिल्लाको दक्षिणी भेगको अवस्था झनै बेहाल छ। राँके रवि सडकको ट्रयाक ओपन भएको तिन दशक भइसक्यो,तर अहिले सम्म यो सडकको कालोपत्रे त परै जाओस् स्तरोन्नित समेत हुन सकेको छैन्। जसका कारण अहिले यो सडक ठप्प छ भन्दा फरक नपर्ने स्थानियहरु बताउँछन्।
 
झापाबाट सामान लिएर राँके हुँदै सप्तमी, रवि, मौवा, आङना लगायतका ग्रामिण वजारमा हिडेको ट्रयाक्टर राँकेबाट झण्डै एक हप्ता पछि मात्रै पुग्ने गरेको त्यहाँका ब्यवसायिहरु बताउँछन्। सप्तमी वजारका ब्यवसायि सन्तोष शेर्माले भने,“ राँके रविको सडकमा जिप, मोटरसाइकल नचलेको झण्डै ४ महिना हुन लाग्यो अहिले ठप्प छ, अन्यन्त्र विकल्प नभएर सामान चाहिँ यहिँ सडकबाट ल्याउनुपर्ने हुन्छ, तर सामान अर्डर गरेको हप्ता दश दिन पछि मात्रै आइपुग्छ।” अहिले त्यस क्षेत्रमा समेत दशैँका लागि चाहिने खाद्यान्न, चामाल, चिउरा दैनिक उपभोग्य सामाग्रीको अभाव हुन थालेको छ।”
 
त्यस क्षेत्रमा झापाको दमक बाट रतुवाको दोभान हुँदै इलामको लारुम्बा रवि, सप्तमी, आङना, मौवा, कुरुम्बा तिर सवारी साधानहरु संचालन हुने गर्दछन्। अहिले यो सडक पनि रतुवाखोलामा पानीको वहाव वढेपछि ४ महिना अघि देखिनै बन्द छ। जसका कारण यो सडक बाट पनि झापाबाट सामान निर्यात गर्न नसकिएको ब्यापारीहरुको भनाई छ। अहिले निरन्तरको वर्षादका कारण जिल्लाका अधिकांश सडकहरु विग्रिएपछि स्थानियले सास्ती खेप्न बाध्य छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ