arrow

नेपालमा कोरोना संक्रमित बढेको बढ्यै, थपिए २४

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १४ मंगलबार
corona-virus-covid-19.jpg

काठमाडौं । नेपालमा कोरोना संक्रमित बढेको बढ्यै भएका छन् । मंगलबार पनि २४ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

३२० जनाको पीसीआर परीक्षणमा १५ जना तथा १ हजार १०९ एन्टिजेन परीक्षणमा ९ जनामा संक्रमण पाइएको हो । 

जम्मा ३ जनामात्र संक्रमणमुक्त भएका छन् । अहिलेसम्म सक्रिय संक्रमित बढेर ७८ जना पुगेका छन् । यो संख्या पीसीआरबाट परीक्षण भएका संक्रमितको मात्रै हो । 

सोमबार एकैदिन ६९ जना संक्रमित पाइएका थिए । 

भारतमा संक्रमण ह्वात्तै बढिरहँदा खुला सीमा भएका कारण नेपालमा पनि संक्रमित बढी नै देखिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ