arrow

मुख्य चार्डपर्वमा समेत भनेजस्तो नभएपछि सुन व्यावसायीहरूको 'रूवाबासी'

तीजमा तीनगुणा र दशैंमा आधा भन्दा कम व्यापार

logo
प्रकाशित २०७३ असोज १३ बिहिबार
gold-plate.jpg.jpeg
काठमाडौं । नेपालमा सुनचाँदी व्यवसायीहरूले यो वर्षको मुख्य चार्डपर्वमा पनि भनेजस्तो व्यापार नभएको भन्दै गम्भीर चिन्ता जायर गरेका छन् । नेपालीहरूको महानपर्व वडादशैं र हिन्दू नारीहरूको पर्व तीजको समयमा समेत यो वर्ष सोचेजस्तो व्यापार नभएको भन्दै उनीहरुले गुनासो गरेका हुन् । 
 
नेपालमा सुनचाँदी व्यवसायीहरूको लागि दशैं र तीज बढी महत्वपूर्ण समय मानिन्छ । तर, यो वर्ष तीजमा पहिलो वर्षको तुलनामा भन्दा झण्डै ३ गुणा कम व्यापार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
 
यो वर्षको तीजको ३ दिन अघिको सर्भेक्षणमा दैनिक १८ केजी सुन विक्री भईरहेको महासंघको तथ्याङ्कले देखाएको छ । जुन अघिल्लो वर्ष ४५ केजी प्रतिदिन विक्री भएको थियो । 
 
त्यस्तै, दशैं आउनु भन्दा दुई दिन अघि बिहीबारको बजारलाई हेर्ने हो भने दैनिक २५ केजी सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
 
महासंघका अध्यक्ष मणिरत्न शाक्यले यो वर्ष तीजमा पनि भनेजस्तो व्यापार नभएको र दशैंमा पनि भनेजस्तो व्यापार नभएको गुनासो गरे । ‘तीजको व्यापारले नै दशैंको व्यापारको दिशा निर्देश गर्छ ।’ उनले भने अघिल्ले वर्षको तुलनामा यो वर्ष त आधा पनि व्यापार भएको छैन । 
 
उनले अन्य आवश्यक सामग्रीहरुको खरिद गरिसकेपछि मात्रै सुन गरिद तर्फ मान्छेको ध्यान जाने भएकोले पनि यसको व्यापार कम भएको होला ।’ उनले व्यापार कम भएसँगै सुनचाँदी व्यवसायीहरुमा रूवाबासी चलिरहेको पनि स्पष्ट पारे । 
 
‘व्यापार नभएपनि कामदारलाई तलब दिनैप¥यो, अन्य खर्च गर्नैप¥यो’ उनले भने हामी अलिक बढी नै उदार हुनेभएर मात्रै नभए सहन नसक्ने अवस्था रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ