arrow

न्यायधीस पनि जनतासँग संवादमा

logo
प्रकाशित २०७२ मंसिर २२ मंगलबार
janatasaga-nayadhish.jpg.jpeg
गोकर्ण भण्डारी, दोलखा। दोलखा जिल्ला अदालतले स्थानीय जनतासँग अन्तरक्रिया गरेको छ। जिल्ला अदालतका न्यायाधीस गोपालप्रसाद बास्तोलाले अन्तरक्रिया गर्नुभएको हो। सोमबार चरिकोटमा भएको न्यायिक संवाद कार्यक्रममा अदालतसम्म नागरिकको सहज पहुँच कसरी पुर्‍याउने भन्ने विषयमा न्यायाधीस, कानुन ब्यवसायी, नागरिक र सरोकारवालाबीच अन्तरक्रिया भएको हो । 
 
कार्यक्रममा न्यायाधीस बास्तोलाले गरिब, विपन्न, अपाङ्ग, असहायलगायत पिछडिएको समुदाय र व्यक्तिहरुका लागि अदालतको ढोका सधैं खुल्ला रहेको बताउनुभयो। उहाँले वैतनिक अधिवक्ताले निःशुल्क कानुनी सहायता उपलब्ध गराइरहेकाले त्यसको उपयोग गर्न समेत स्थानीय जनतासँग आग्रह गर्नु भयो । 
 
कार्यक्रममा सहभागीहरुले अदालतले विपन्न नागरिकका लागि व्यवस्था गरिएको वैतनिक अधिवक्ताबारे नागरिकस्तरमा कमैलाई जानकारी नभएको बताएका थिए । 
 
अदालतका श्रेस्तेदार धु्र्बराज कार्कीले दोलखावासीको चेतनास्तर बढेका कारण जिल्ला अदालतमा मुद्दाको सङ्ख्या बढ्न गएको बताउनुभएको थियो । कार्कीका अनुसार जिल्ला अदालतमा मेलमिलापबाट मुद्दाको किनारा लगाउने, अनलाइनबाट म्याद तामेली, तारेख दिने जस्ता प्रवन्ध मिलाइएको छ । 
 
कार्यक्रममा नेपाल बार एसोसिएसनका जिल्ला अध्यक्ष कृष्णबहादुर बस्नेत, सरकारी वकिल कार्यालयका अधिवक्ता रुद्रप्रसाद आर्चाय, वैतनिक अधिवक्ता सरोज उप्रेतीसमेत सहभागी हुनुहुन्थ्यो । अदालतले नागरिकमाझ न्यायको पहुँच सहज ढङ्गले पुर्‍याउन विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ