arrow

गुणस्तरीय शिक्षाका लागि जिल्लाभरीका प्रअ जति सदरमुकाममा

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ असोज १३ बिहिबार
rolpa-news-education.jpeg
 रोल्पा । शिक्षाको गुणस्तर वृद्धि गर्ने उद्देश्यका साथ जिल्ला भरीका प्रधानाध्यापकहरुसदरमुकाम आइपुगेका छन् । 
 
समृद्ध  राष्ट्र निर्माणका लागि जीवनोपयोगि शिक्षामा लगानी भन्ने मूल नाराका साथ संचालन भइरहेको गुणस्तरीय शिक्षाका लागि प्रधानाध्यापकहरुको भूमिका विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा भाग लिनका लागि जिल्ला भरीका प्रअहरु सदरमुकाम आइपुगेका हुन् । 
 
लिबाङ रोल्पामा लगातार दुई दिन सम्म संचालन हुने कार्यक्रममा वुधबार निमावि र मावि तहका प्रअहरुको उपस्थिति रहेको थियो भने, विहिबार प्रावि तहका प्रअहरुको सक्रिय उपस्थिति रहेको छ ।
 
जिल्ला शिक्षा समन्वय समितिका अध्यक्ष एवं स्थानीय विकास अधिकारी सुशील वैद्यको अध्यक्षतामा वुधबार भएको उद्घाटन कार्यक्रमको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा समेत सहभागि थिए । 
 
कार्यक्रममा प्रजिअ शर्माले शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्वन्ध र प्रयासबाट मात्र शिक्षाको गुणस्तर वृद्धि हुन सक्नेमा जोड दिए । प्रजिअ शर्माले  भने, ‘शिशु कक्षा देखि १० कक्षा सम्मको जग बलियो भए मात्र विद्यार्थीले शैक्षिक उपलब्धि हासिल गर्न सक्ने भएको हुँदा तपाइहरुले विद्यार्थीलाई आफ्नै छोराछोरी ठानेर कक्षामा अध्यापन गराउनुहोला ।’
 
कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले अबको शैक्षिक लडाईमा विद्यार्र्थीहरु अरबतिर होइन स्वदेशमै विभिन्न सेवातर्फ लाग्न प्रेरित गर्नुपर्ने बताए । विगतदेखि वर्तमानसम्म पनि रोल्पामा एस्एल्सी उत्तीर्ण गरेका  ठूलो संख्याका युवाहरु उच्च शिक्षा तर्फ नलागी अरब वा खाडी मुलुकतिर लाग्ने गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ