arrow

एनसेलको ‘दोब्बर पैसा ब्याक’ अफर

logo
प्रकाशित २०७३ असोज १३ बिहिबार
ncell-axiate-company-logo.jpeg
काठमाडौं। देशको अग्रणी मोबाईल सेवा प्रदायक एनसेलले चाडपर्वको अवसरमा ‘दोब्बर पैसा ब्याक’ योजना ल्याएको छ। यस अन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले प्रत्येक दिन निश्चित रकम मेन ब्यालेन्सबाट प्रयोग गर्दा प्रयोग भएको रकमको दोब्बर रकम बोनस ब्यालेन्स स्वरुप फिर्ता पाउनेछन्।
 
चाडपर्वको अवसर पारी आफ्ना ग्राहकलाई थप लाभ प्रदान गर्ने उद्देश्यले ल्याएको यो योजना बिहीबार (असोज १३, २०७३) बाट लागु भएको छ। एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकले १७१२४ मा डायल गरि यो योजनामा निःशुल्क सहभागी भई लाभ लिन सक्नेछन्। सहभागितासँगै ग्राहकले बोनस प्राप्त गर्न आफुले प्रयोग गर्नुपर्ने रकमको जानकारी पाउनेछन्। उक्त रकम बराबरको मेन ब्यालेन्स प्रयोग हुने बितिक्कै सोहि रकम बराबरको दोब्बर रकम बोनस ब्यालेन्सको रुपमा तत्काल प्राप्त गर्न सक्नेछन्।
 
प्राप्त बोनस रकम ग्राहकले एनसेल नेटर्वक भित्र कल गर्न, एसएमएस, एमएमएस पठाउन तथा ईन्टरनेट चलाउन प्रयोग गर्न सक्छन्। बोनस एक दिनमा एक पटक मात्र प्राप्त हुनेछ र प्राप्त बोनस त्यहि दिन मध्यरात सम्म मान्य हुनेछ। 
 
भोलिपल्ट पुनः तोकिएको रकम बराबरको मेन ब्यालेन्स प्रयोग हुँदा ग्राहकले दोब्बर बोनस प्राप्त गर्नेछन्। यसरी एक पटक योजनामा सहभागी भएपछि ग्राहकले योजना अवधिभर प्रत्येक दिन बोनस प्राप्त गरि आफ्ना प्रियजनसँग थप सम्पर्कमा रहन सक्नेछन्। यसका साथै ग्राहकले १७१२४ मा खाली म्यासेज (ब्ल्याङ्क म्यासेज) पठाई आफुले प्रयोग गरेको रकमको जानकारी पाउन सक्नेछन्।
 
“चाडपर्वको बेलामा हामी आफ्ना परिवारजन, आफन्तहरु तथा साथीभाईसँग अझ बढि सम्पर्कमा रहन चाहन्छौं।” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने। “ग्राहकको यहि चाहनालाई कदर गर्दै यो योजना ल्याएको छौं। यसले ग्राहकलाई थप लाभ प्रदान गर्दै आफ्ना प्रियजनसँग अझ बढी सम्पर्कमा रहन सहज बनाउने छ।”
 
यो योजना ९० दिनको लागी मान्य हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ