arrow

काभ्रेमा पुनः डेंगी र कोरोना संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १९ आइतबार
corona-virus-covid-19.jpg

काभ्रे । काभ्रेपलाञ्चोकमा पुनः डेंगी र कोरोना सङ्क्रमण देखिएको छ । तीन महिनापछि सात जना कोरोना र पाँच महिनापछि डेंगी सङ्क्रमण पुष्टि भएको हो । 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यसै साता पाँचखाल-३ का ५१ वर्षीया एक महिलामा डेंगी सङ्क्रमण पुष्टि भएको छ । परीक्षणपछि हाल उन घरमै स्वास्थ्यकर्मीको निगरानीमा छन् । हाल स्थानीय तहका स्वास्थ्य शाखामार्फत लक्षण तथा बच्ने उपायबारे प्रचार-प्रसारसँगै स्वास्थ्यकर्मीलाई ‘हाइअलर्ट’मा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुरुषोत्तम सेढाईँले बताए ।

जिल्लामा तीन वर्षपछि पाँचखालमा डेंगीको सङ्क्रमण देखिएको थियो । डेंगी रोग लाग्ने व्यक्तिलाई अचानक उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्ने गरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा विबिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथावा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहास हुने लक्षण देखिने सेढाईँको भनाइ छ । जिल्लामा हालसम्म छ सय ८० मा डेंगीको सङ्क्रमण देखिएको हो । 

कार्यालयका अनुसार जिल्लामा शुक्रबार १८ जनाको कोभिड परीक्षण गर्दा सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेढार्इँका अनुसार बनेपा नगरपालिका-३, पनौती नपा-२ र नमोबुद्ध नपा-२ मा कोभिड पुष्टि भएको हो । जिल्लामा हालसम्म १८ हजार एक सय ५९ मा कोभिड पुष्टि भएको छ भने एक सय ९६ जनाले ज्यान गुमाइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ