arrow

कोरोना सङ्क्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १९ आइतबार
corona-virus.jpg

काठमाडौँ। पछिल्लो समय देशमा कोरोनाभाइरस सङ्क्रमण बढ्न थालेपछि यसको नियन्त्रणको तयारीबारे सांसदहरूले चासो राखेका छन्। छिमेकी देशसहित नेपालमै कोरोना सङ्क्रमण बढ्न थालेपछि प्रतिनिधिसभा सदस्यले कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणको तयारीबारे चासो राखेका हुन्। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले कोरोनाभाइरस सङ्क्रमणको अवस्थाबारे जानकारी मागेका हुन्।

कोरोना सङ्क्रमण नियन्त्रणको तयारीबारे जानकारी मागेका उनले नयाँ भेरियन्टको सङ्क्रमण बढेकोले रोकथामका लागि सरकारको कार्यनीति के छ ? भनेर प्रश्न पनि गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ