arrow

नेपालमा परीक्षणको बीस प्रतिशतमा कोरोना संक्रमण 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १९ आइतबार
corona-nepal-map.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ । आइतबार पीसीआर परीक्षणको २० प्रतिशतमा संक्रमण देखिएको छ । यो निकै बढी हो । 

आइतबार एकैदिन ३८ संक्रमित देखिएका छन् । जसमा ३७ जना पीसीआर परीक्षणबाट पाइएका हुन् । १८५ जनाको पीसीआर परीक्षण हुँदा २० प्रतिशतमा संक्रमण देखिएको हो । 

एन्टिजेनतर्फ भने ५१६ परीक्षणमा एक जनालाई देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जुन मन्त्रालयले आफै भरपर्दो तथ्याङ्क नभएको भनेको छ । 

आइतबार १४ जना संक्रमणमुक्त भएका छन् । एकैदिन १८ हजार ५९२ जनाले खोप लगाएका छन् । 

सक्रिय संक्रमित दुई सय नजिक पुगेका छन् । संक्रमित १९४ पुगेका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ